उदयपुरमा भुस्याहा कुकुरको आतंक, ३ घण्टाभित्र १० जना घाईते

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा भुस्याहा कुकुरको टोकाईबाट एकैदिन १० जना घाईते भएको छ । करिब तिन घण्टाको अबधिमा एउटै कुकुरको टोकाईबाट उनिहरु घाईते भएका हुन् । आईतबार दिउँसो तिन देखि छ बजेको समयमा गाईघाट बजार क्षेत्रभित्र उनिहरुलाई टोकेको जिल्ला अस्पताल कार्यालय उदयपुरले जनाएको छ ।

अहिले भुस्याहा कुकुरले मान्छे टोक्न थालेपछि गाईघाट बजारबासी आतंकित भएका छन् । त्रियुगा नरपालिका ११ पुरानो गाईघाट स्थित पिजी चोकदेखि असारीरोड हुँदै लालीगुराँस स्कुलबीचको १ सय मिटर दूरीभित्र एउटै कुकुरले आधाघण्टाको अवधिमा ४ जनालाई टोकेको स्थानीयहरु बताउछन् । साँझ ५ः३० बजे असारी रोडस्थित रौता अस्पताल नजिकै ग्यादरिङ होटलका सञ्चालक २५ वर्षीय कुमार राई र स्थानीय बिबेक राई कुकुरको टोकाईबाट घाइते भएर तत्काल जिल्ला अस्पताल पुग्दा अरु पनि उपचारको पर्खाईमा थिए ।

कुकुरले टोकेलगत्तै उपचारार्थ अस्पताल पुग्दा उनीजस्तै ६ जना कुकुरकै टोकाईले घाइते भएकाहरुलाई उपचार गर्न स्वास्थ्यकर्मीहरु ब्यस्त देखिन्थे । रेबिजविरुद्धको सुई दिनुअघि उनको घाउमा साबुनपानीले धुने क्रम चल्दै गर्दा थप ३ जना घाइतेहरु आइपुगेको अस्पतालले जनायो । पीडितहरुका अनुसार अस्पतालको इमरजेन्सी कक्षमा भेटिएका प्रायः सबै विरामी कुकुरकै टोकाईबाट घाइते भएका थिए ।

अन्य पीडितहरुलाई उपचार गरिरहेको समय गाईघाटका ५० वर्षीय माधव खतिवडा उपचारार्थ अस्पताल आइपुग्न नपाउँदै अर्का गाईघाटकै ३५ वर्षीय हुतराज मगर छटपटाउँै अस्पताल आइपुगेका थिए । पीडितहरुका अनुसार उनीहरु सबैलाई टोक्ने कुकुर एउटै हो । एउटै कुकुर सडकमा हिड्दै उभिरहेका मान्छेहरुलाई टोक्दै भागेको घाइतेलाई उद्धृत गर्दै जिल्ला अस्पतालले जनाएको छ । आइतबार ३ः०० देखि ६ः०० बजेसम्म १० जना कुकुरले टोकेका विरामी रेविज सुई हान्न अस्पताल आएको अस्पतालका हेल्थ असिस्टेन्ट श्याम चौधरीले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *