जनताका करको पर्फ्युम (कबिता)

  • चाम्लिङ्ग राई रिनु

तिमी चुनावमा मात्रै
गाउँ पस्ने गर्छौ,
के तिम्रो मौसमी ब्यापार हो चुनाव ?
आज तिमी, तिम्रो जुत्ता र कोटमा
जनताका करको र्फ्युम छर्किएर
हिड्छौ रे !

तिमीलाई भोट दिने जनताको
शरीरमा एक धरो लाज छोप्ने
कपडा हुन्न ! गाउँ देखि शहर झर्ने
ग्राबेल रोड हुन्न
तिमी रिङ्ग रोडमा
एसिहावामा कावा खादै
हुईकिन्छौ रे !
तिम्रो झुटो आश्वासनले
आज भोलि झुपडीहरु
पिल्सिरहेछ्न रे !

आज तिनै तिमीलाई भोट दिएर जिताउने
हर्के दाई मिहिको उपचार नपाएर
झुपडीको चौकसमा,
अन्तिम सास लिदै छ रे !
त्यो पनि अस्पतालको शैया नदेखी !
भन्दै थिए रे ! हर्के दाई अनि कहदै थिए रे !
नेता भाईलाई
जितेर जनताको लागि माखो नमारेपनि
गरिबीको उपचार गर्ने
अत्याधुनिक अस्पताल चाहिँ बनाईदेउ है भनेर…!

घन्टौ, महिनौं, बर्सौ
ताती बनेर हरियो पासपोर्ट बोक्ने
तिनै हुन ! युवा,
जस्लाई यहि देशमा हिरा फलाउने उपदेश
दिएर चुनाबी प्लेटकार्ड भिराएको थियौ !

जहाँ समानता र असमानताको
भिन्नताको भाषण दियौ,,,
त्यही भित्र दिदिका चोली च्यातिए
बहिनीका योनिहरु लुछिए !
जस्ताको त्यस्तै
जनताको जीवन स्तर


भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *