कुनैपनि सरकारले ल्याउन नसकेको कार्यक्रम मेरो वडामा छः चौदण्डीगढी ६ का वडाअध्यक्ष कमलध्वज राई

चौदण्डीगढी ।  हालसम्म राज्यको कुनैपनि तहले ल्याउन नसकेको निति तथा कार्यक्रम उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ ले सार्वजनिक गरेको छ । निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र पूर्वाधार बिकासका योजनालाई प्राथमिकता दिईएको वडाअध्यक्ष कमलध्वज राईले बताए । वडाअध्यक्ष राईले चालु आर्थिक बर्षका लागि सार्वजनिक गरिएको योजना ईतिहासकै सबैभन्दा राम्रो योजना भएको दावी गरेका छन् ।

ईतिहासकै सबैभन्दा राम्रो सार्वजनिक योजनाहरुः–
(१) मुलुकमै पहिलो पटक गर्न लागिएको शिक्षा कार्यक्रम

मुख्यगरि गरिवीको रेखामुनि रहेको वडाबासीको छोराछोरी सहज रुपमा पढ्न सकुन भन्ने उद्देश्यले वडाभित्र रहेको सरकारी बिद्यालयमा कक्षा एक देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई निशुल्क पाठ्यक्रम उपलब्ध गराउने योजना रहेको छ ।

त्यसैगरि बिद्यार्थीहरुलाई पाठ्यक्रमसँगै आवश्यकीय कलम कापीसमेत उपलब्ध गराईने छ । उनिहरुलाई योजनाअनुसारको सामाग्री जुनसुकै समयपनि उपलब्ध गराईने योजना वडाको रहेको छ । सो योजना मुलुकमा रहेको वडाहरुलाई मात्र नभई संघीय र प्रदेश सरकारलाई समेत उछिन्दै ल्याउन लागिएको स्थानीयहरुको भनाई छ ।

हालसम्म कुनैपनि तहको सरकारले ल्याउन नसकेको निति तथा योजना आफ्नो वडामा ल्याएको वडाअध्यक्ष कमलध्वज राईले समेत बताए । वडाअध्यक्ष राईका अनुसार आफ्नो वडाभित्र पर्ने सबै सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई मात्र उक्त सेवा सुबिधा उपलब्ध गराईने छ ।

“दैनिक रुपमा आफ्नो अभिभावकहरुलाई कलम कापीको नाममा बालबालिकाले खर्च माग्ने गरेको छ” वडाअध्यक्ष राईले भने “कति अभिभावकहरुसँग खर्च नहुने र खर्चको कारण बालबालिकाहरु पढाईबाट बञ्चित हुदै आएकाले यस्तो योजना ल्याएको हो” । वडाअध्यक्ष राईले भबिश्यमा पनि यस्तै प्रभावकारी योजनाहरु ल्याउन लागिएको बताए ।

(२) पाँच हजार नगद सहित आमा सम्मान कार्यक्रम
वडाले आमाहरुलाई समेत सम्मानस्वरुप उत्तिकै प्रभावकारी कार्यक्रम ल्याएको छ । अहिले राज्यले सञ्चालन गरेको कार्यक्रमहरु प्रभावकारी नभएको समयमा वडाको प्रत्येक टोल बिकास संस्थाबाट एक÷एक जना महिलालाई स्वास्थ्य स्वंयम सेवकको तालिम दिई त्यसैमा नियुक्ति गरिने वडाअध्यक्ष राईले बताए ।

उनिहरुले सुत्केरी आमा र गर्भवति महिलाहरुलाई सचेतना सन्देशसँगै निगरानी गर्नु पर्ने हुन्छ । त्यसै कार्यक्रम अन्तरगत आमा र शिशु दुबैको स्वास्थ्यलाई ख्याल गर्दै कुपोषणबाट बच्न÷बचाउन अभियान सञ्चालन गर्नु पर्ने छ । प्रोत्साहन स्वरुप प्रत्येक सुत्केरी आमालाई वडाको तर्फबाट ५ हजार नगद उपलब्ध गराईने छ । जसको उद्देश्य चाहेअनुसारको पोषिलो खानेकुरा सुत्केरी आमाले खरिद गरेर खानसकोस् भन्ने छ ।

(३) पूर्वधारतर्फ वडाको योजनामा
वडाको योजनामा पूर्वधारतर्फ नगरपालिकाको केन्द्रको रुपमा र आफ्नो वडाभित्र रहेको बेल्टार बजार र त्यस बजारको सडकलाई कालो पत्रे र सडक आसपासका नालिहरुलाई व्यवस्थित हिसाबले यसै चालु आर्थिक बर्षभित्रै निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

त्यसैगरि वडाभित्रै रहेको कुवाखानी पिक्निक स्पोटलाई थप आकर्षक र पर्यटकीय बनाउने लक्ष्य राखिएको छ । त्यसको लागि प्रदेश सरकारबाट ५० लाख र नगरपालिकाबाट १५ लाख बजेट बियोजन गरिएको वडाअध्यक्ष राईले बताए । वडाअध्यक्ष राईका अनुसार त्यस पिक्नि स्पोटलाई पर्यटकीय क्षेत्र बनाउन सके स्थानीय बेरोजगारी युवाहरुलाई समेत रोजगारी बनाउन समिने सम्भावना रहेको छ ।

यसैगरि मदन भण्डारी लोकमार्ग स्थित निर्माणधिन शसस्त्र बेसक्याम आसपासमा भएको खालि जग्गामा चौदण्डीगढी दरवार संग्रालय निर्माण लक्ष्य राखिएको वडाअध्यक्ष राईले बताए । उनले आफ्नो वडा नगरपालिकाको केन्द्रको रुपमा रहेको भन्दै हरेक क्षेत्रमा प्रचुर सम्भावना बोकेकोले बिगतमा सम्पन्न हुन बाँकी योजनाहरुलाई यो आर्थिक बर्षमै सम्पन्न गर्ने बताए । उक्त योजना वडामा भएको एक कार्याक्रममा वडाअध्यक्ष राईले प्रस्तुत गरेका थिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *