उदयपुर । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समितिले निम्न र बिपन्न बर्गका उपभोक्तालाई सोलर बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १४ साउने स्थित नयाँ प्रगतिशिल सामुदायिक बन उपभोक्ता समिति रहेको छ ।
बिकास क्रमसँगै गाउँ भित्रिएको बिजुलि बत्तिको राम्रो प्रभाब नहुदा झनझटिलो रात्रीकालिन समयलाई सहज बनाउने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई सोलर बितरण गरिएको समुहको अध्यक्ष मेघजित राईले बताए । अध्यक्ष राईका अनुसार ०७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण शिर्षकबाट उपभोक्तालाई सोलर बितरण गरिएको हो ।
समुहमा आबद्घ ६० घरधुरी मध्ये निम्न र बिपन्न बर्गका १५ घरधुरीको उपभोक्ताहरुलाई एकएक थान सोलर, सोलरमा प्रयोग हुने ब्याट्री र दुईवटा सोलर चिमसहित जडान गर्दा प्रयोग हुने अन्य सामाग्रीहरु बितरण गरिएको समुहको सचिब नारायण बहादुर राई बताए ।
सचिब राईका अनुसार सोलर बितरण कार्यक्रममा समुहमा आबद्ध एकल महिला, जेष्ट नागरिक र दलित अपाङ्ग उपभोक्ताहरुलाई बितरण गरिएको थियो । सोलर बितरण कार्यक्रममा पाँच जना अपाङ्ग, अशक्त र जेष्ट नागरिकहरुलाई आर्थिक सहयोग समेत गरिएको थियो । उनिहरुलाई सोलर प्यानल र सहयोग रकम समुहको अध्यक्ष मेघजित राईले हस्तान्तरण गरेको थियो ।
बिगतमा पनि उपभोक्ताहरुलाई आत्मानिर्भर बनाउने कार्यक्रमहरु समितिले गर्दै आएको स्थानीय उपभोक्ताहरु बताउछन् । उनिहरुका अनुसार कृषिमा आधारित कृषक उपभोक्ताहरुलाई कृषि तालिम, सिलाई बुनाई तालिम लगायतका बिभिन्न उत्पादनमुलक कार्यक्रमहरु गर्दै आएको छ ।