विस्थापित पहिचान गर्न उदयपुरमा रातो जस्तापाता बितरण

उदयपुर ।  बाढिपहिरोबाट प्रभावित क्षेत्रको पहिचानमा एकरुपता कायम गर्न उदयपुरको रौतामाई गाउँपालिकाले रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ । गाउँपालिकाको भर्खरै सम्पन्न बैठकले बाढीपहिरोले पूर्ण प्रभावित भएका बासिन्दाको पहिचानमा सहजता ल्याउन यस्तो निर्णय गरेको हो ।

पूर्णरुपले क्षती भई घर पुनःनिर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई रातो रंगको जस्तापाता वितरणको तयारी गरिएको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । २०७६ असार ३० गते बर्षासँगै आएको बाढि पहिरोबाट प्रभावित भएका १ सय ८१ घरधुरी मध्ये पूर्णविस्थापित भएका ८० घरपरिवारलाई गाउँपालिकाले प्रतिघर ३२ हजार रुपैँया नबढ्ने गरी जस्ता खरिद गर्ने तयारी गरिएको उनले बताए ।

अध्यक्ष खड्काका अनुसार वडाबाट सिफारिस भई आएकालाई ३९÷४० एमएमको ९ फिटे जस्ता ३ बनेलका दरले वितरण गरिने छ ।
जस्तापाता विस्थापितहरुले घर बनाएर छानो छाउने बेलामा उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकत खम्बराज राईले बताए । उनले घर बनाउने काम अन्तिम चरणमा हुदा छानो लगाउने जस्ता उपलब्ध गराउने निर्णय भएको बताए ।

जस्तापाता पालिकाका विस्थापित तथा प्रभावितहरुको नाममा राहतस्वरुप जनप्रतिनिधिहरुले प्रदान गरेको एक महिनाको सुविधा, कर्मचारीहरुले प्रदान गरेको एक दिनको तलब, पालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझीले उपलब्ध गराएको ५० हजार १ सय १ रुपैया र पालिकाको तर्फबाट छुट्याईएको सातलाख रकमबाट उपलब्ध गराईन लागिएको हो ।

भिडियोः–


Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *