![](https://www.nigranipost.com/wp-content/uploads/2021/10/vBONE-CHAIR_ADD.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2021/03/korona-1.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2020/05/triyuga-Corona_add1.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2020/04/add-all.gif)
उदयपुर । योजनालाई स्थायित्व दिन प्रदेशनम्बर १ का योजना आयोगका दुई सदस्यले उदयपुर जिल्लामा माग भएका योजनाको अनुगमन गरेका छन् । हचुवाको भरमा योजना बनाउदा र वितरण गर्दा परिणाम नदेखिएपछि आयोका सदस्यहरुले ग्रामिणस्तरमा नै पुगि योजनाको माग, आबश्यकता, औचित्यता, उपलब्धि र स्थायीत्वका सम्बन्धमा छलफल गरी सुझाब लिएका हुन् ।
ग्रामिण स्तरमा नै पुगि समस्याको पहिचान र समाधानका उपायको खोजी गर्दा प्रदेश सरकारले लिएको ‘सबै हिसावले पहिलो र राष्ट्रिय महाअभियान समृद्ध नेपाल र सुखि नेपालको लक्ष्यलाई साकार बनाउन सकिने योजना आयोगका सदस्य डा. पूर्ण लोप्सनले बताए ।
सदस्य लोप्सनले कार्यान्वयन गर्ने निकाय त हामी हैनौ, त्यहीँ पनि सरकारको विकास निर्माणमा टेवा पुर्याउन र सफलता हासिल गर्न ग्रामिण क्षेत्रमा आएको बताए ।
यसरी तल्लो स्तरबाट आएका सुझाब, सल्लाहलाई आयोगमा छलफल गरी योजना तर्जुमाका लागि प्रदेश सरकारलाई पठाईने आयोगका अर्का सदस्य मिना भण्डारीले बताईन् । सदस्य भण्डारीले जनताका विकास निर्माण सम्बन्धि आबश्यकता र समस्या धेरै छन, ति एकैपटक त सम्बोधन गर्न नसकिएला तर पनि त्यसलाई गुरुयोजना बनाएर लक्ष्यकासाथ काम गर्ने गरी सरकारलाई सुझाब दिने बताए ।
टोलीले पहिलोपटक जिल्लाको बेलका नगरपालिका, त्रियुगा निगरपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकाका जनप्रतिनिधिसँग सम्बाद गर्दै स्थलगत अवलोकन गरेको छ । बाँकी स्थानीय तहमा क्रमश अवलोकन गरिने सदस्य लोप्सनले बताए ।
भिडियोः–