उदयपुर सिमेन्ट उद्योग डुवाउने खेल शुरु

उदयपुर । मूलुकको सवैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योग डुवाउने खेल शुरु भएको छ । लामो समय देखि निमित्त महाप्रवन्धक भएर काम गर्दै आएका नवल किशोर साहको प्रत्येक्ष संलग्नतामा उद्योगको लागि तत्काल आवश्यक नभएको झण्डै ५ करोड मूल्य बरावरको मेसिनरी पाट्स खरिदगरी लाखौँ रुपैया घोटला गरिएको छ । राम्रो कमिसन पाउने चक्करमा उनले उद्योग लाई डमाडोल पार्दै ६ महिनाको अवधिमा ४ करोड ९९ लाख २५ हजार ४ सय ४५ रुपैयाको मेसनरी समान खरीद गरिएको थियो ।

निमित्त महाप्रवन्धक साहले खरिद गरेको सामानहरु उद्योगलाई तत्काल आवश्यक थिएन । उद्योगमा कार्यरत एक मेकानिकल इन्जिनियरले नाम उल्लेख नगरिदिने शर्तमा भने कमिसनको लोभमा ति सामानहरु खरिद गरिएको हो । उनका अनुसार खरिदगरिएको सामानहरु अझै प्रयोग नगरी गोदाममा थन्किएर बसेको छ । अनावश्यक सामान खरिद गरेर निमित्त महाप्रवन्धक साहले ठूलो आर्थिक चलखेल गर्न खोजेको समेत उनले बताए ।

सिमेन्ट उत्पादनमा कमि आउन थालेपछि उद्योगबाट उत्पादित गैडा छाप सिमेन्ट उद्योगको आर्थिक अवस्था निकै नाजुक बन्दै गएको छ । नाजुक आर्थिक अवस्थाबाट गुज्रिएको उद्योगलाई थप व्यय भार तुल्याउदै अनावश्यक सामान खरिद गरेकोमा उद्योगसँग सम्बद्ध विभिन्न मजदुर संगठनहरुले तिव्र विरोधसमेत जनाएका छन् ।

उद्योग डुवाउन खेल शुरुपछि छानविन समिति गठन
उद्योगमा भएको आर्थिक अनियमिताको मजदुर कर्मचारीबाट तिव्र विरोध भएपछि उद्योग व्यवस्थापनले उद्योगका वरिष्ठ इन्जिनियर उमा शंकर आनन्दको संयोजकत्वमा तिन सदस्यीय छानविन समिति गठन गरिएको छ । १ हजार भारतीय रुपैया बराबर मूल्य पर्ने पेण्डेन्ट कन्ट्र«ेल स्वीचको ४० हजार मूल्यको विल पेश गरेपछि अनियमिता गरेको भन्दै उद्योगसँग सम्बद्ध अखिल नेपाल औद्योगिक मजदुर संघ, समग्र ट्रेड युनियन नेपाल र नेपाल कारखाना श्रमिक संघले विज्ञप्ती प्रकाशित गरी आर्थिक अनियमिताको छानविन र दोषि उपर कडा कार्वाहीको माग गरेका छन् ।

उनिहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै उद्योग व्यवस्थापनले दोषि उपर कार्वाही नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । उद्योग स्टोरमा अझै ४० थान पेण्डेन्ट कन्ट्रोल स्वीच छ । वर्षौदेखि उक्त समान प्रयोग विहिन छ । फेरी त्यही सामान खरिद गरिएको छ । नेपाल कारखाना श्रमीक संघका अध्यक्ष देवेन्द्र झाले बताए । उनले उद्योग व्यवस्थापनको चरम लापरवाहीले आर्थिक अनियमिताको शिकार उद्योग बनेको बताए ।

उद्योग व्यवस्थापनको लापरवाहीले लामो समय उद्योग वाड रहदा उद्योगलाई झण्डै ५० करोड नोक्सानी भएको छ । सिमेन्ट विक्री हुने पिक सिजनमा उद्योग वाड हुदा उद्योगले निकै नोक्सानी व्यहोर्नु परेको छ । तर अहिले पिक सिजन सकिएसगै उद्योग निरन्तर चलिरहेको छ । उद्योग चहिरहेपनि सिमेन्टको विक्री भने पुरै ठप्प रहेको छ । उद्योगका निमित्त महाप्रबन्धक साहसँग टेलिफोन सम्पर्क गर्दा उनले टेलिफोन उठाएनन् । समाचार रातो तारा डट कमबाट साभार गरिएको हो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *