विभत्स तस्बिरले उदयपुरमा एक बृद्धाको ज्यान लियो

बेल्टार । दुर्घटनामा विभत्स दृश्य देखेपछि वेहोस भएकी उदयपुरकी एक बृद्धा महिलाको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । बिहान मोटरसाईकल दुर्घटना हेर्न चौदण्डीगढी नगरपालिका ७ लाटिखोला पुगेकी ७४ बर्षीया चरणमाया राई विभत्स दृश्यदेखेपछि वेहोस भएकी थिइन ।

घटनास्थलमा नै वेहोस भएर ढलेकि राईलाई उपचारकालागि प्राथामिक स्वास्थ्य चौकी बेल्टार लैजाँदै गर्दा बाटोमा नै मृत्यु स्थानीय केदार कटुवालले जानकारी दिए । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौड्ेलले भने बृद्ध महिला घटनास्थलमा रुदै गरेको भन्ने जानकारी आएको तर त्यहीँकारणले मृत्यु भएको भन्ने एकिन नभएको बताए ।

उनले भने, ‘घटना एकापट्टी थियो, कसरी सम्यमित बनाउने भन्ने हाम्रो ध्यान केन्द्रित थियो, त्यता तिर ध्यान गएन् ।’ बुधबार बिहान टिफरको ठक्करबाट सोही नपाको वडानं ४ बसाहाका ४६ बर्षीय खगेन्द्र राई र ४५ बर्षिय जीवनकुमार साम्पाङ्गको घटनास्थलमा नै ज्यान गएको थियो । दुर्घटनामा मृतकको टाउको विभत्सरुपमा देखेपछि उनी ढलेकी थिईन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *