उदयपुर गोल्ड कपको फाइनल खेलमा एपिएफ

उदयपुर । उदयपुरमा जारी ‘छैठौं उदयपुर रमपम गोल्ड कप २०७६ फुटबल प्रतियोगिता’ को फाइनलमा सशस्त्र प्रहरी फुटबल (एपिएफ) क्लब काठमाडौं प्रवेश गरेको छ । बुधवार भएको पहिलो सेमिफाइनलमा मोरङ ट्रेनिङ सेन्टर मोरङलाई २–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।

उपाधिका लागि दावेदार मानिएको दुवै टिम खेलको सुरुवातमै आक्रामक बनेका थिए । सशस्त्रले सुरुवातको ११ औं मिनेटमै हरि कार्कीले पाएको अवसरलाई गोलमा परिणत गर्दै अग्रता लिएको थियो । पहिलो हाफको खेलको ४४ औँ मिनेटमा नै सशस्त्रका स्ट्राइकर प्रविन स्याङ्तानले गोल गर्दै खेल २–० को अग्रतामा ल्याई पुर्याएका थिए ।

आजको खेलको म्यान अफ दि म्याच एपिएफका जर्सी नं. १६ का हरि कार्की घोषित भए । उनले ७ हजार प्राप्त गरे । उनलाई रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले पुरस्कार वितरण गरे । भोलिबाट हुने दोस्रो सेमिफाईनलको खेलमा घरेलु टिम उदयपुर ११ र गोर्खा ब्वाइज क्लब रुपन्देही विच हुने आयोजक समितिका अध्यक्ष रामाकान्त चौधरीले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्ने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । एसियन थाइफुड्स प्रालि र गैडा छाप उदयपुर सिमेन्टको मुख्य प्रायोजन रहेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *