सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा दुई विद्यार्थी डुबेर वेपत्ता भएका छन् । वेपत्ता हुनेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटे बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी बर्ष १६ को देव कुमार राई र सोहि ठेगाना भएको बर्ष १४ को प्रविन राई रहेका छन् ।

उनिहरु सुनकोशी नदिमा माछा मार्ने क्रममा डुवेर वेपत्ता भएको बुत्कु माविका शिक्षक शिवराम राईलाई बताए । उनका अनुसार विहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएपछि गाउँलेहरुले खोजी कार्य जारी राखेको छ । अहिले पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयीहरुले खोजि कार्यलाई निरन्तरता दिईरहेका छन् । वेपत्ता मध्ये देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन् भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *