झापालाई १–० ले पछि पार्दै उदयपुर सेमिफाईनलमा

उदयपुर । लिग विजेता झापा ११ लाई पछि पार्दै छैठौँ उदयपुर गोल्डकप फुटवल प्रतियोगिताको आईतबार भएको खेलमा आयोजक उदयपुर ११ विजयी भएको छ । पाँचौ संस्करणसम्म क्वाटर फाईनल खेलबाट वाहिरिएको उदयपुरले छैठौँ संस्करणमा पहिलो पटक झापालाई १–० ले पछि पार्दै सेमिफाईनलको खेल यात्रा तय गरेको हो ।

उदयपुरको जितका लागि दिपक गुप्ता प्रंशसाका पात्र बने । निकै नै प्रतिस्पर्धात्मक खेलको ३७ औँ मिनेटमा गुप्ताले प्रहार गरेको वल विपक्षी गोलरक्षक अभिशेक बरालले नियन्त्रणमा लिन सकेनन् । मध्यान्नपछि रणनीति परिवर्तन गर्दै आक्रमकरुपमा मैदानमा उत्रिएको झापाले थुप्रै अवसरहरु गुमायो । डिफेन्ससहित अगाडी बढेपनि झापाले कुनै गोल गर्न सकेन ।

झापाको आक्रमक रणनीति पछि उदयपुरले आफ्ना सबै खेलाडी रक्षापंङ्तीमा उभ्यायो । झापाले झण्डै डेढ दर्जन कर्नर पाएपनि गोल गर्न सकेन । जितसँगै उदयपुरका दिपक गुप्ता म्यान अफ दि म्याच घोषित भए । उनलाई त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले नगद १२ हजार रुपैँया र मेडलले सम्मान गरे ।

पहिलोपटक सेमिफाईनल खेलको यात्रा तय गरेको उदयपुरलाई मेयर चौधरीले सोही अवसरमा खेलाडीको प्रोत्साहन स्वरुप जनही ५ हजारका दरले पाउने गरी १ लाख रुपँैया पुरस्कार उपलब्ध गराए । दुई जना जना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको झापाले सुरुवातीचरणमा निकै आक्रमक खेल प्रर्दशन गरेपनि गोल गर्न सकेन ।

सुरुमा डिफेन्स त्यसपछिको आक्रमक शैली खेल्ने रणनीति लिएको आएको उदयपुरले विपक्षीले रणनीति परिवर्तनसँगै सुरुबाटै आक्रमक शैली अपनाउनु परेको उदयपुरका टिम म्यानेजर किरन कार्कीले बताए । उनले छोटो समयमा उदयपुरले एतिहासिकरुपमा प्रगति गर्न सफल भएको दिपक थापाले बताए । उनले लिग विजेतासँग भिडेर जित्नु नै हाम्रा लागि गौरवको बिषय रहेको बताए ।

उता झापाका टिम कोच युगल किशोर राईले भने फुटवलमो दौडले काम गर्ने बताए । उनले उदयपुरका खेलाडी दौडिन सफल हुनु नै जित भएको बताए । तयारी कम भएकैकारण पराजय भोग्नु रेको उनको भनाई छ । उदयपुरको जितसँगै घरेलु दर्शकले पनि ऐतिहासिक जित भएको प्रतिकृया दिएका छन् ।

निकै नै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयसम्म पनि उदयपुरका लागि हुटिङ दिई साथ दिईरहेका थिए । प्रतियोगिताअन्र्तगततको सोमबारको खेल नेपाल प्रहरी क्लव र मोरङ ११ विच हुने आयोजक समितिका संयोजक रमाकान्त चौधरीले बताए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *