उदयपुर कृषक सहकारी उद्घाटन

उदयपुर । कृषकलाई लक्षित गरी उदयपुर कृषि सहकारी संस्था लिमिटेडले बुधबारबाट गाईघाटमा आफ्नो कारोबार सुचारु गरेको छ । साना किसानलाई ऋणप्रवाहमा सहजता ल्याउन र कृषकमुखी कार्यक्रम ल्याउने गरी सहकारीले आफ्नो कारोवारलाई सुचारु गरको हो ।

सहकारी ऐन नियम २०४८ बमोजिम २०७१ सालमा डिभिजन सहकारी कार्यालय उदयपुरमा दर्ता भएपनि यसलाई नियमितता दिन नसक्दा सहकारी अलपत्र अबश्थामा दियो । साविकको त्रियुगा नगरपालिका वडानम्बर १० देउरीमा रहेको सहकारी नयाँ व्यवस्थापन आए संगै बुधबारबाट गाईघाटमा आफ्नो नियमीत कारोबार सुरु गरेको हो ।

उदयपुर जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीले कृषि क्षेत्रलाई विशेष प्राथमिक्तामा राखेर काम गर्ने सहकारीका अध्यक्ष ज्योति पाण्डेले बताईन् । सहकारीको उद्घाटन त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले एक समारोहका विच गरिन् । उद्घाटन गर्दै चौधरीले भनिन्, ‘नयाँ व्यवस्थान टोली आएको छ, व्यवसायीक कृषिलाई टेवा पुगोस ।

उनले कृषिलाई व्यसायीकरण गर्नका लागि सहकारीको महत्वपूर्ण भुमिका रहेकाले स्थानीय सरकारसंग समन्वय गरेर अघि बढ्नका आग्रह गरिन । उनले स्थानीय सरकारले कृषिलाई व्यवसायीकरण गर्नका लागि विभिन्न नयाँ–नयाँ किसिमका प्रविधिहरु कृषकलाई हस्तान्तरण गर्दै आएकाले अक सहकारीको माध्यबाट सामाजिक रुपान्तरण गरिनु पर्नेमा जोड दिईन ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लाहान शाखाका प्रमुख चिरञ्जीवि तिम्सीनाले सहकारी बैंक कृषि सहकारीसंग समन्वय गरेर अघि बढ्नका लागि तयार भएको बताए । जिल्ला सहकारी संघका अध्यक्ष चक्रमणी पोख्रेलले सहकारीले लिएको उद्देश्य अनुरुप काम गर्नका लागि जोड दिए ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष पाण्डेले सहकारीले प्रवाह गर्ने १६ प्रकारका सेवासुबिधाका बारेमा जानकारी गराएकी थिईन् । साधारण वचतदेखि लिएर कृषक, विजनेश, नारी, बिद्यार्थी, मजदुर, पेन्सन, दैनिक, खुत्रुके, मुद्धती, मासिक, आवधिक लगायतका सेवा रहेको जानकारी दिईन् । उनले निकट भविश्यमा नै आधुनिक किसिमको दुग्ध डेरी, कृषि फर्मलगायतका कृषकमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिईन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *