मेलमिलाप नीति प्रभावकारी बन्दैः सर्वोच्च अदालतका न्यायाधिश खतिवडा

उदयपुर । न्याय सम्पादन सम्बन्धि पछिल्लो समय केहि स्थानीय तहले क्षेत्राधिकार नाघेर काम गरिरहेको समाचार सञ्चारमाध्यमबाट वाहिर आईरहेको बेला सर्वोच्च अदालतका न्यायाधिश इश्वरप्रसाद खतिवडाले अधिकार क्षेत्रभन्दा वाहिर गएर गरेका निर्णयले वैद्यता नपाउने स्पष्ट पारेका छन् ।

मेलमिलाप परिषदले उदयपुरको सदरमुकाम गाईघाटमा बुधबार आयोजना गरेको मेलमिलाप सम्बन्धि अभिमुखिकरणमा बोल्दै न्यायाधिश खतिवडाले सिमा नाघेर गरेको निर्णयले कानुनी हैसियत कायम गर्न नसक्ने भएकाले क्षेत्राधिकार भित्र बसेर कार्यसम्पादन गर्न सुझाब दिए ।

‘मेलमिलापको नाममा कानुनले अख्तियारी नदिएको बिषयमा कुनै पनि हालतमा हात नहाल्नुस, उनले भने, ‘कानुनी बैद्यता नहुँदा त्यसको असर बादी र प्रतिबादीलाई त पर्छ नै तपाईलाईसमेत पर्न सक्छ । भन्छन्, ‘मेलमिलाप गराउने भन्दैमा कानुनी व्यवस्था मिचेर, तोकिएका मापदण्ड, पद्धती मिचेर गरेका निर्णयले तत्काल समाधान त गर्ला तर त्यसले कानुनी हैसियत पाउने बेलामा दुबै पक्षलाई असर पुग्छ ।

मेलमिलाप परिषदको अध्यक्षसमेत रहेका न्यायाधिश खतिवडाले लहडको भरमा मेलमिलाप नहुने भएकाले प्रकृया पुरा गरी बिधिसम्मत मेलमिलाप गराउन सुझाब दिए । उनले अदालतले गर्ने फैसला हारजितमा जाने भएकाले दुबैतर्फको जित गराउने मुख्य बिधी नै मेलमिलाप भएको स्पष्ट पारे । देशव्यापीरुपमा अधिकार थोरै भएको त्यो पनि अधुरो रहेको भन्ने गुनासो बढिरहेको बेला न्यााधिस खतिवडाले अधिकार थोरै र अधुरो रह्यो भन्नु भन्दा पनि दिएको अधिकारलाई प्रयोग गर्ने क्षमताको विकास गर्नु अहिलेको आवश्यकता रहको बताए ।

कार्यक्रममा उच्च अदालत जनकपुरअन्र्तगत रहेको राजविराज इजलासका मुख्य न्यायाधिश तथा मेलमिलाप विशेषज्ञ तिलप्रसाद श्रेष्ठले मेलमिलाप सम्बन्धि बनेका व्यवस्था, अवलम्बन गरिने बिधी, प्रकृया, यसका फाइदा, सेवा, बिबाद समाधानका बिषयहरु सम्बन्धि जानकारी दिएका थिए । उनले स्थानीय तहमा गरिने न्याय सम्पादन, समुदायमा आधारित मेलमिलाप, यसको प्रभावकारिताका बिषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा सहजकर्ताहरुले मेलमिलापकर्ताको आचरण, परिभाषा, आचारसंहिता, कस्ता प्रकृतिका बिबादलाई मेलमिलाप गराउने, मेलमिलापकर्ता को हुन्, कस्तो प्रकृया अवलम्बन गरिन्छ, कति समय लाग्छ, विवाद समाधान कसरी गरिन्छ, कति दस्तुर लाग्छ लगायतका बिषयमा प्रशिक्षित गराएको जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जानकारी दिए । कार्यक्रममा जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, कानुन व्यवसायि, पत्रकार, मानवअधिकारकर्मी, नागरिक समाज, शिक्षक, मेलमिलापकर्ता, गैससकर्मी लगायतको सहभागिता रहेको थियो ।

भिडियोः–

https://www.youtube.com/watch?v=9Q1gvgAUrYE

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *