प्रदेसस्तरीय महीला भलिवलको तयारी पुरा

उदयपुर । १ नम्बर प्रदेसस्तरीय प्रथम उपमेयर कप भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । नगर यवा तथा खेलकुद विकास समिति त्रियुगा नगरपालिकाको संयोजन, जिल्ला भलिवल संघको प्राविधिक सहयोग तथा संयोजक युवा क्लवको समन्वयमा उदयपुर स्पोर्ट क्लवले आयोजना गरेको प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

जेठ १६ गतेबाट सुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष आशन दाहाले जानकारी दिए । त्रियुगा नगरपालिका वडानं १० स्थित नयाँ बस्ती खेलमैदानमा आयोजना हुने प्रतियोगितमा प्रदेशनम्बर १ का ८ वटा टिमको सहभागिता रहने नगर स्तरीय खेलकुद बिकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, खोटाङ र आयोजक उदयपुरसहितका महिला टिमले प्रतिपर्धा गर्ने श्रेष्ठले बताए । प्रतियोगिताको बिजेतालाई ७५ हजार र उपविजेताले ४० हजार नगदसहित प्रमाण पत्र, मेडल र ट्रफिले सम्मान गरिने अध्यक्ष दाहालले बताए ।

त्यसैगरी विद्यागत उत्कृष्ट सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर, सर्वोत्कृष्टलाई नगद र ट्रफीले सम्मान गरिने छ । उदयपुर सिमेण्ट उद्योगको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको अनुमानित खर्च र आम्दानीसमेत आयोजकले सार्वजानिक गरेको छ ।

भिडियोः–

https://www.youtube.com/watch?v=9Q1gvgAUrYE

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *