युवा हत्याका तिन कसुरदारलाई उदयपुर अदालतद्धारा जन्मकैद फैसला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदह धनगढीका ३० बर्षीय शुशिलकान्त चौधरीको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका तीनै जनालाई जिल्ला अदालतले बुधबार जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले चौधरी हत्याको कसुर ठहर गर्दै स्थानीय २५ बर्षीय सन्चमाया तामाङ, उनका भिनाजु ३१ बर्षीय तिलकबहादुर तामाङ र काका ३७ बर्षीय शंकरबहादुर तामाङलाई यस्तो फैसला सुनाएको हो ।

०७५ असार २५ गते चौधरीलाई हत्या गरेको आरोपमा प्रहरीले मृतक परिवारको जाहेरीअनुसार ८ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले सबैजनाविरुद्ध मुद्दा चलाएकोमा अदालतले कसुरदार तीन जनालाई साउन २१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो भने बाँकी ५ जनामध्ये १३ बर्षीया धनमाया तामाङ, १८ बर्षीय सोममाया, १९ बर्षीया हिरामाया र १८ बर्षीया राजकुमारी तामाङलाई ७५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

घटनामा मिलेमतो रहेकै आशंकामा पक्राउ परेका ३८ बर्षीय एकबहादुर तामाङलाई भने अदालतले सोही मितिमा साधारण तारेखमा रिहा गर्ने आदेश दिएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । प्रहरीले तीन कसुरदारलाई असार २९ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । असार २५ गते खाना खाएर गाउँतिर गएका चौधरी घर नफर्किएपछि परिवारले असार २६ गते प्रहरी चौकी जोगिदहमा खोजतलास गरी पाउँ भन्दै निवेदन दिएका थिए ।

प्रहरीले खोजतालकाकैक्रममा असार २९ गते बिहान ८ बजे नजिकैको कङखोला किनारामा बालुले पुरी एउटा हात वाहिर निस्किइ स्यालले खाएको अबश्थामा फेला परेपछि प्रहरीले घटना अनुसन्धान प्रकृया सुरु गरेको थियो । फेला परेको शव प्रहरीले उत्खनन गर्नेक्रममा मृतकको छातीमा चुप्पीले रोपिएको घाउँ देखिएपछि घटना थप रहस्यमय रहेको भन्दै प्रहरीले अनुसन्धानलाई फराकिलो बनाएको थियो ।

अनुसन्धानकाक्रममा आरोपित सन्चमाया र मृतक विचको विगतमा भएको घटनाक्रममा र प्रहरीमा भएको छलफलका बिषयलाई खोतल्नेक्रममा घटना वाहिर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए । आरोपित सञ्चमायाको घरमा राती पुगेका मृतकलाई सन्चमायाले कोठाभित्र पस्नसाथ चुप्पीले छातीमा रोपेर ढालेको र दाउँले हानी मारेको वयान दिएका थिए । हत्यापछि भिनाजु र काकालाई बोलाएर घटनाको वेलिबिस्तार गरी लास गायव बनाउन पठाएको वयानबाट खुलेको थियो । सन्चमायाकै निर्देशनमा मृतकको लास तन्नाले बेरी खोलामा लगेर खाल्डो खनी पुरिएको उनीहरुले वयान दिएका थिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *