जेठ १३ गते नेपाल बन्द

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार पार्टीका महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको विरोधमा बन्द आह्वान गरेको जनाइएको छ।

प्रधानमन्त्री केपी ओलीको सरकारले देशलाई गृहयुद्धमा धकेल्न खोजेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘सांगठानिक कामको सिलसिलामा गत मंगलवार भोजपुर र खोटाङको सीमानामा केपी ओली सरकारको ठाडो आदेशमा हाम्रो युवा संगठनका नेता घिमिरेलाई सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तका नाममा हत्या गरेको छ । केपी–पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध रूपमा गृहयुद्धमा धकेल्ने कुचेष्टा गरिराखेको छ ।’

आफ्नो पार्टीले प्रतिरोध गर्नुको कुनै विकल्प नरहेको भन्दै विप्लवले भनेका छन्, ‘उक्त कार्यक्रमलाई उद्योग व्यवसायी, यातायातकर्मी, शिक्षण संस्थान लगायतका सबैले एक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न पनि अपिल गरिन्छ ।’ विप्लवले जारी गरेको विज्ञप्तिमा जेठ १० र ११ गते भण्डाफोर र कोणसभा, १२ गते देशव्यापी मसाल जुलुस र १३ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *