




उदयपुर । उदयपुरमा भएको टिपर दुर्घटनामा सह–चालक सहित दुई जनाको मृत्यु भएका छ । आईतबार बिहान भएको घटनामा उनिहरुको स्थलमै मृत्यु भएको हो । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी खण्डको कटारी नगरपालिका १४ घुर्मी रानी डाँडामा ना ७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित भई दुर्घटना हुदा उनिहरुको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सहचालक सिन्धुली दुधौली नगरपालिका ११ बस्ने २० वर्षिय लिलावहादुर सार्की र सोही टिपरमा सवार कटारी नगरपालिका ५ भोर्ले बस्ने ३० वर्षिय डिक बहादुर बुढाथोकी रहेको छ । दुर्घटना भएको टिफरा रानी डाँडाबाट करिव १ किलो मिटर तल खोलामा खसेको प्रहरीले जनाएका छन् ।
भिडियोः–
Facebook Comments