सामुदायिक बन जोगाउन ढडेलो र खुल्ला चरिचरण मुख्य चुनौति

उदयपुर । जिल्लामा रहेको बन जोगाउन ढडेलो र खुल्ला चरिचरण मुख्य चुनौतिको बिषय रहेको बताईएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल उदयपुरको आयोजनामा शनिबार सम्पन्न विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकूलन मुलप्रवाहिकरण बिषयक एक दिने गोष्ठीमा सहभागिहरुले यस्तो बताएका हुन् । उनिहरुले ढडेलो र खुल्ला चरिचरणलाई रोक्न सामुहिक योजना बनाउनुुपर्नेमा समेत जोड दिएका थिए ।

उनिहरुका अनुसार बिशेषगरि सामुदायिक बनहरु असुरक्षित रहेको बताए । हुरेण्डेकको सबल कार्यक्रम र जाल्पा एकीकृत समाजको सबल कार्यक्रमको सहकार्यमा गोष्ठी भएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सामुदायिक बन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेत र किरय नेपालका कार्यक्रम व्यवस्थापक मानबहादुर बिकले गरेका थिए ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधि, सरोकारवाला र पत्रकारहरुको सहभागिता रहेको थियो । अहिले जिल्लामा तिन सय ४८ सामुदायिक बन रहेको छ । जसमा उपभोक्ता घरधुरी संख्या ७० हजार नौ सय ९७ रहेको छ । अहिले सामुदायिक बन उपभोग गर्ने उपभोक्ता संख्या तिन लाख छ हजार आठ सय २८ जना रहेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *