गोर्खाली सैनिकहरुको सम्झनामा, पुर्खा दिवस मनाईयो

रञ्जु राई
ललितपुर । बिश्वभरि छरिएर गोर्खाली सैनिकको नाममा आहुती दिने नेपाली पुर्खाहरुको सम्झनामा शुक्रबार पुर्खा दिवस मनाईएको छ । हरेक वर्ष अप्रेल पाँच तारिखका दिन मनाईने सो दिवस शुक्रबार ललितपुर स्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा मनाईएको हो । गोर्खा सिमेट्रीज ट्रस्ट नेपालको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन सशस्त्र प्रहरीका पुर्ब आईजिपी दोर्जकुमार राईले गरेका थिए ।

कार्यक्रममा गोर्खा सिमेट्रीज ट्रस्ट नेपालका अध्यक्ष महेन्द्र राईले गोर्खाली पुर्खाहरुको योगदानलाई स्मरण गर्ने विशेष दिन अप्रेल पाँच तारिख रहेको बताए । अध्यक्ष राईले विश्व शान्ति, स्वतन्त्रा स्थापनार्थ, प्रथम बिश्वयुद्ध, दोश्रो विश्वयुद्ध तथा अन्य क्षेत्रीय युद्धहरुमा मृत्युवरण गरेका गोर्खाली सैनिकहरुको सम्झनामा अप्रेल पाँच तारिखका दिन पुर्खा दिवस मनाउँदै आएको बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बिगत २०५ वर्षे इतिहासमा गोर्खा पुर्खाहरुको मात्र योगदान रहेको बताएका थिए । उनिहरुले भाबि सन्ततिहरुको लागि दर्दनाकपुर्ण बलिदानी दिएको भन्दै स्मरण गरेका थिए । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *