‘प्रथम जाल्पा गोल्डकप फुटबल प्रतियोगिता’ चैत्र २५ देखि सुरु

सुकौरा । ‘प्रथम जाल्पा गोल्डकप फुटबल प्रतियोगिता २०७५’ चैत्र २५ गतेदेखि उदयपुरमा सुरु हुने भएको छ । गोल्डकप आयोजक समितिले शुक्रबारबार पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिता सञ्चालन गर्ने तयारी बारे जानकारी दिएको हो । जिल्लाको त्रियुगा नगरपालिका–१६ स्थित जाल्पा स्पोर्ट क्लबद्धारा आयोजित गोल्डकप चैत्र २५ गतेदेखि बैशाख २ गतेसम्म सञ्चालन हुने छ ।

वडाको सुकौरा खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्लाको बिभिन्न नगरपालिका र गाउँपालिकाका खेलाडीहरुको सहभागिता रहने जाल्पा स्पोर्ट क्लबका अध्यक्ष भुबन दाहालले बताएका छन् । अध्यक्ष दाहालका अनुसार प्रतियोगितालाई मुख्य सहयोग त्रियुगा नगरपालिका, त्रियुगा नगरपालिका वडा नम्बर–१६ को वडा कार्यालय रहने छ भने प्रतियोगिताको मुख्य प्रायोजक उदयपुर सिमेण्ट उद्योग जलजले र गोर्खा ब्रुअरी प्रालि रहने छ ।

प्रतियोगितामा गाईघाट फुटबल क्लब, रौता स्पोटर्स क्लब रौतामाई गाउँपालिका, स्वर्णिम सपना युवा क्लब जलजले, बेल्टार युनाईटेड फुटबल क्लब, जाल्पा स्पोटर्स क्लब सुकौरा, असारी फुटबल क्लब, फ्युजन फुटबल क्लब बोक्से र उदयपुरगढी गाउँपालिकाको सहभागिता रहने छ । त्यसैगरि प्रतियोगितामा प्रथम हुने टिमलाई रु. एक लाख सहित मेडल ट्रफि र प्रमाणपत्र र दोस्रो हुने टिमलाई रु. ५० हजर सहित मेडल ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *