




रातमाटे । उदयपुरमै पहिलो पटक स्थापित त्रियुगा पुनस्थापना केन्द्रमा राखिएका युवाहरुलाई अत्याधिक यातना दिइएको भन्दै अभिभावकहरुले बिरोध जनाएका छन् । बिभिन्न समय कुलत तथा लागुपदार्थ दुव्र्यशनीमा फसेका युवाहरुलाई पुनस्थापनाका लागि राखिएको ठाउँमा बडीबिल्डर लगाएर मरन्सन्न हुनेगरी कुटपिट गरी घाइते बनाइएको भन्दै अभिभावकहरु बिरोधमा उत्रिएका हुन् ।
दुव्र्यशनमा फसेपछि केन्द्रमा भर्ना भएका युवाहरुलाई अत्याधिक यातना दिइएको देखिएको छ । भर्ना भएकाहरुमध्ये अधिकांसको जीउभरी निलडाम देखिएको छ । केन्द्रमै भर्ना भई सेवारत एक युवकले भने, ‘हामीलाई कुट्न गुण्डा खटाइएको छ । मेरो नाम उल्लेख नगर्नुहोला यहाँ बसे जतिबेला पनि उनीहरुले ज्यान लिन सक्छन् ।’ केन्द्रभित्र भएको अमानवीय यातना पत्रकार वा नागरिक समाज र मानवअधिकारकर्मीलाई भने जेपनि हुनसक्ने भन्दै धम्की समेत आउने गरेको पीडितहरुको भनाई छ ।
पुनस्थापना केन्द्रमा भर्ना भएको केही दिनमै एक किशोरलाई जथाभाबी कुटपिट गर्दा मानसिक असर परेको समेत बताइएको छ । तर, ती किशोरले आफ्नो नाम भने उल्लेख गर्न चाहेनन् । ढाडमा लाठीले पिटेको निलडाम देखाउदै एक युवकले भने ‘मलाई पिटेको कुरा अरुलाई भनेको थाहा पाए भने मलाई उहाँहरुले जेपनि गर्नुहुन्छ’ उनले भने, ‘त्यसैले कृपया मेरो सुरक्षाकै लागि भएपनि नाम उल्लेख नगरिदिनुहोला ।
घटना बाहीरिएपछि अभिभावकहरुले भेला भएर केन्द्रलाई दबाब दिएपछि सञ्चालक हेमन्त बस्नेतले आफूहरुबाट गल्ती भएको र आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएका थिए । त्यसैगरी घटनाबारे पर्दाफास भएपछि भर्ना भएका अधिकांस युवकहरुलाई पनि अभिभावक आएर घर फिर्ता लिएर गएका छन् । पुनस्थापना केन्द्रले सेवा शुल्कबापट पहिलो पटक चार महिनाको ५५ हजारसम्म असुल्ने गरेको छ । सुधारका लागि पैसा तिरेर राखिएको आफ्ना छोराहरुमाथि भएको अमानवीय यातनाको सम्बन्धित निकायमा उपचार खोज्नेसमेत अभिभावकहरुको भनाई छ ।
भिडियोः–