त्रियुगा नगरपालिकामा बन्ने भयो औधोगिक ग्राम, मेयर चाैधरीद्वारा शिलान्यास

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १२ स्थित बिसनपुरमा औद्योगिक ग्राम निर्माणका लागि मंगलवार शिल्यान्यास गरिएको छ । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले एक समारोहका बिच बिसनपुरको ६८ बिगाहा क्षेत्रफलमा सौर्य उर्जा उत्पादन, कृषि अनुसन्धान केन्द्र, फोहोर मैला ब्यवस्थापन तथा आधुनिक प्रशोधन केन्द्र र साना तथा लद्यु उद्यम केन्द्रका औद्योगिक ग्रामको शिल्यन्यास गरेका हुन् ।

सो नवनिर्मित औद्योगिक ग्राममा अस्पताल, बिद्यालय, खेल मैदान, खानेपानी सहितको संरचना निर्माण हुने छ । गाईघाट बजार तथा तरकारी बजारबाट उत्पादित फोहोरलाई आधुनिक तरिकाले मल तथा अन्य सामान उत्पादन गर्ने लक्ष्य राखेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्र करिब १ हजार बिगाहा भन्दा बढी सार्वजनिक जग्गा पहिचान गरि संरक्षणको अभियान थालिएको छ ।

त्यस्तो सार्वजनिक जग्गामा आवश्यकता अनुरुप उद्योगहरु स्थापना गर्दैै लैजाने योजना रहेको नगर प्रमुख चौधरीले जानकारी दिए । नगरपालिकाले त्रियुगा सभ्यता र बिकासको अभियान थालि सकेको छ । त्रियुगा कोरिडोर निर्माण हुदैछ, त्रियुगा नदि नियन्त्रणका लागि ६ अरब ८४ करोडको डिपिआर निर्माण भई काम प्रारम्भ भई रहेको नगर प्रमुख चौधरीले टिप्पणी गरे ।

हिजोको राज्य ब्यवस्थामा धनि धेरै धनि हुदै जाने गरिब झन गरिब हुदै जाने थियो । त्यसलाई जोड्न लोकतन्त्र ल्याएकाछौं, लोकतन्त्रमा सबै समान हुन्छ, राज्यले पनि समृद्ध नेपाल, सुखि नेपालीको नारा अबलम्बन गरेकोछ । सोही अनुरुप हिजो जस्तो एउटा ब्यक्ति धनि भएर पुग्दैन् प्रत्येक ब्यक्ति धनि बन्नु पर्दछ । त्यसैले सबै ब्यक्तिले रोजगारी पाउनु पर्दछ ।

त्रियुगाको त्यसै नाम रहनु गएको होइन् यसको छुट्टै सभ्यता छ । आज त्रियुगा नदिसँग हाम्रो जीवन जोडिएकोछ, त्रियुगासँग हाम्रो आत्मा जोडिएकोछ, त्रियुगासँग हाम्रो घर ब्यवहार जोडिएकोछ, त्रियुगा नदिसँग हाम्रो संस्कृती र सभ्यता जोडिएकोछ नगर प्रमुख चौधरीको भनाई थियो । यस्तो पहिचान बोकेको त्रियुगालाई स्वच्छ, सफा, हराभरा बनाउने अभियानमा नगरपालिका लागि परेको औलाए । कुनै पनि फोहोर त्रियुगामा जानु दिनु हुदैन ।

औद्योगिक ग्राममा बिसनपुरबासीलाई पहिलो प्राथमिकता राखेर रोजगारी दिनेछौं । बिकासको अभियान सञ्चालन गर्दा स्थानीयबासीसँग सहकार्य र समन्वय गरेर काम गछौं, नगर प्रमुख चौधरीले भने । औद्योगिक ग्राम निर्माण हुने स्थान बिसनपुरबासीलाई फोहोर ब्यवस्थापनको लागि अबलोकन भ्रमणमा धनकुटा लैजाने र त्यहाँको अनुभव आदान प्रदान गरिने बताए । औद्योगिक ग्रामको नाममा बिसनपुरको कोही पनि बिस्थापित हुन नपर्ने र हरेक घरलाई रोजगारीको ग्यारेण्टी गरिने नगर प्रमुख चौधरीले बाचा दिए ।

आज चिन त्यसै चिन भएको होइन, बिकास तपाई हामी आफनो घरबाट सुरु गर्नु पर्दछ । त्रियुगा नदिलाई कन्चन, स्वच्छ बनाउन यहि चैत ३० गतेबाट नदि सफाई अभियान थालिने नगर प्रमुख चौधरीले जानकारी दिए । त्रियुगाको कालीखोलाबाट बिसनपुर सम्मको भागमा १ हजार मानिसको उपस्थितिमा नदि सफाई अभियान थालिने उनले घोषणा गरे । औद्योगिक ग्राम निर्माण स्थल बिसनपुर त्रिवेणीमा त्रियुगा माताको मन्दिर निर्माण गरि धार्मिक पर्यटनको बिकास गरिने योजना रहेको बताए ।

त्रियुगा नदि नियन्त्रणसँगै नदिको दुवै किरानामा निर्माण हुने बाँध माथि हरियाली ब्यवस्थापन गरिने लक्ष्य रहेको उल्लेख गरे । यो औद्योगिक ग्राम निर्माणपछि बिसनपुरबासी सम्पन्न हुनेछ । अन्त्यमा हावाहुरीले ठुलो क्षति पु¥याई मानबिय धन जनको क्षतिलाई सम्वेदना प्रकद गर्दै त्रियुगा नगरपालिकाको जनप्रतिनिधिहरुले एक दिनको पारिश्रामिक र कर्मचारीले एक दिनको तलब गरि १ लाख भन्दा बढी रकम हावाहुरी पिडित परिवारलाई सहयोग गर्ने घोषणा गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *