हिन्दु आगनमा टेकेर (कबिता)

  • जीवन आरोही

    बा…!
    मन्दिरमा भर्खर बली चढेको
    आलो रगत झैँ बिद्वेस गन्हाउने
    कसले ओढायो हामीलाई
    यो हिन्दुत्वको खोल ?
    कसले टाँसेको हो हाम्रो निधारमा
    पुर्खौँदेखी अछुतको स्टिकर ?हामी
    बगैचामा रोपिएको फूलहरु हौँ ।

    कहिलेदेखी फूल्न दिइएन
    एउटै बगैचामा इन्द्रेणी फूल
    वा आकासमा सँगसँगै फैलिएको इन्द्रेणी रंगहरुलाई
    एउटै आगनको बीचमा
    कहिलेदेखी भेट्न दिइएन
    एउटा मान्छे र अर्को मान्छे बीचको हृदय ?उहिल्यैदेखी हिन्दु पीएर
    हिन्दु बिछ्याइएका घरको दलानभरी
    दलिइरह्यौँ दासत्वलाई स्वीकारेर
    र बनायौँ हिन्दुकै श्रीपेच र मुर्तिहरु ।
    हिन्दुको मलामी निस्कने र भित्रने
    चौतारो, खलिया र गोरेटो पनि बनायौँ ।

    किन छुन सकेन करुणाले हिन्दुको हृदय र
    बन्न सकेनौँ हामी हिन्दु समान ?हामी पनि कागजमा
    उनीहरु जसरी लेख्छौ धर्मको महलमा हिन्दु
    हजारौँ बर्षदेखी हिन्दु बगैचामा वरीपरि फूलिराख्याछौँ र
    गाउन सक्छौँ उनीहरु जसरी गायत्री मन्त्र ।
    छातीमा सवै सवै देवी देउताहरु सजाएकै छौँ ।
    देउताहरुले लिन्छन् लिदैनन हामीले चढाएको प्रसाद ?
    मान्छन् की मान्दैनन् कुन्नी हामीलाई
    हिन्दुले जसरी अछुत वा कुजात ?बा…! देउतालाई सोध्ने इजाजत देउ मलाई
    कि मँ पत्ता लगाउन सकुँ
    हामी फूल्न सक्छौँ सक्दैनौँ हिन्दु बगैचामा ?
    देउता छुनलाई फैसला गर्ने अधिकार हुन्छ की नाई ?
    हामी उसैगरि सँगसँगै हिड्न चाहान्छौँ
    जसरी हिडिरहेछन निस्फिक्री यो पुरातात्विक हावा
    खुसीको बुँद खसालेर जीवनको पथमा डुल्न चाहान्छौँ
    जसरी डुलिरहेछन खुल्ला आकासमा रंगिन चराहरु ।

    बा…!
    कहिलेसम्म ओढिबस्नुपर्छ
    यो अछुतको खास्टो ?
    सताव्दी पछि आइपुग्ने भुकम्पले पनि ढाल्न नसकेको
    कहिले ढल्छ यो असमानताको संकिर्ण पर्खाल ?
    यहाँ टेक्न हुने आगनहरु रहेछन,
    जो हामी टेक्दैनौँ ।

    छुन हुने देउताहरु रहेछन्जो
    हामी छुदैनौँ
    बाँच्न मिल्ने जिन्दगीहरु रहेछन्जो
    हामी बाँच्दैनौ ।
    कहिले अस्ताउँछ बा ?
    यो हिन्दुत्व तापिएको साम्राज्य र
    उभिन सक्छौँ हामी
    हिन्दु समान भएर ?
    बा !
    भनिदेउ मलाई
    यो अछुत हिन्दुको इतिहास
    जसबाट मँ अर्को
    स्वतन्त्र हिन्दुत्व निर्माण गर्न सकुँ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *