एआईजी ठूले राई उदयपुरमा सम्मानित

उदयपुर । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) ठूले राईलगायत आधादर्जन दर्जन बढी बिद्यार्थी उदयपुरमा सम्मानित भएका छन् । बिद्यालय स्थापनाको ५४ औं वार्षिकोत्सवमा जिल्लाको चौदण्डीगढी नगरापालिका–६ बेलटारस्थित ज्योति नमूना माध्यमिक विद्यालयले राईलगायत अन्य बिद्यार्थीलाई सम्मान गरेको हो । आफ्नो पूर्व विद्यार्थी भई देशको उच्च सरकारी ओहदामा पुगेको भन्दै उनिहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।


०३७ सालका प्रवेशिका (एसएलसी) उत्तिर्ण भई सरकारी उच्च ओहदामा पुगेका वहिर्गमित विद्यार्थीमध्ये राई पहिलो उच्च सरकारी अधिकृत भएको भन्दै सम्मान गरिएको विद्यालयले जनाएको छ । शुक्रबार विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमको अवसरमा एआईजी राईलाई चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले दोसल्ला र ढाका टोपी पहि¥याएर सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा राईसँगै पूर्व विद्यार्थीहरु शिक्षण अस्पताल महाराजगञ्जकी सहप्राध्यापक ललिता राई, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. अरुण गुप्ता र डा. रमेश बस्नेत पनि सम्मानित भए । उनीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप केसी, वडाध्यक्ष कमल राई, नेकपाका नेताहरु मणि पौडेल र राजन किरातीलगायतले सम्मान गरेका थिए । ५ दशकअघि स्थानीय आले परिवार, कटुवाल र सेंढाई परिवारले उपलब्ध गराएको दशौं बिगाह जमिनमा स्थापित विद्यालय २०३६ सालदेखि प्रवेशिका लिन सुरु गरेको प्राचार्य अमे्रन्द्र झाले बताए ।


विद्यालयबाट वहिर्गमित भई शिक्षा, स्वास्थ्य, सुरक्षा, आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति गरेर भावी पीढिका लागि उदाहरणीय भएकाहरुलाई सम्मान गर्ने योजना अनुसार सम्मान गरिएको विव्यवस सदस्य शम्भु पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खगेन्द्र राईले ज्योति मावि चौदण्डीगढी नगरपालिकाको नमूना विद्यालय घोषित भईसकेको भन्दै यसलाई प्रदेशभरीकै उत्कृष्ट विद्यालयमा दर्ज गर्ने उद्घोष गरे ।


स्थापनायता लगातार सफलता पाउँदै आएकाले ज्योति माविलाई सरकारले चालु शैक्षिक वर्षदेखि नमूना विद्यालय घोषणा गरेको भन्दै उनले त्यसलाई थप व्यवस्थित र विकसित गर्न नगरपालिकाबाट हुने सबैखाले सहयोग गर्न आफु तत्पर रहेको प्रतिबद्धता जनाए ।
गुणस्तरीय शिक्षामा जोड दिदै मेयर राईले चौदण्डीगढीका शैक्षिक संस्थाहरुलाई उदयपुर मात्र नभएर छिमेकी जिल्ला भोजपुरको दक्षिणीभेग र सप्तरीको उत्तरीभेगका विद्यार्थीको शैक्षिक केन्द्र बनाउने योजना सुनाए ।


त्यसका लागि चालु आर्थिक वर्ष नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाटमेत उच्च शिक्षाका लागि आवश्यक बजेट तर्जुमा गरिएको जानकारीसमेत उनले दिए । जग्गादाता, पूर्व विव्यवस पदाधिकारी, उत्कृष्ट शिक्षक र गत वर्षको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई पनि पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रममा नेकपाका राजन किराती, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भोजराज खतिवडा, संघीय समाजबादीका गोपाल राई र पूर्व शिक्षक तथा पूर्व विद्याथीहरुले गुणस्तरीय शिक्षामा ज्योति मावि खरो उत्रदै आएको बताएका थिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *