नेत्रज्योती संघ उदयपुरको नयाँ नेतृत्वमा पुनः भागवत राउत

उदयपुर । नेपाल नेत्रज्योती संघ उदयपुरको नयाँ नेतृत्वमा पुनः भागवत राउत चयन भएका छन् । शनिबार सम्पन्न संघको चौथो जिल्ला अधिवेशन तथा साधारणसभाबाट राउत सर्बसहमत चयन भएका हुन् । सम्मेलन तथा साधारणसभाले राउत नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

चयन हुने नयाँ कार्यसमिति सदस्यहरुमा सिर्जना दनुवार, बन्दना दनुवार, भरत खडका, सुनिल महतो, कुमार घिमिरे, कृष्ण भण्डारी, सर्मिला दाहाल, जेवी खडका, रबिन्द्र चौधरी, नबिन राई, ज्ञानबहादुर बस्नेत र नबराज राउत रहेका छन् । त्रियुगा–१० बासबारी स्थित संघको निर्माणाधिन भवनमा भएको कार्यक्रममा अबको एक बर्षभित्र पूर्ण उपकरणसहित आँखाको शल्यक्रियासहितको सेवा बिस्तार गर्ने गरी काम द्रुत गतिमा अगाडि बढाइएको अध्यक्ष राउतले बताए ।

संघको तथ्यांक अनुसार पछिल्लोपटक लिइएको संख्या अनुसार सन् २०१८ सम्ममा कुल १ लाख २७ हजार २ सय ७१ जना बिभिन्न किसिमका आँखा रोगीहरुले उपचार गराइसकेका छन् । त्यस्तै ६८ हजार ५ सय १८ जना महिला रहेका छन् । त्यसैत जसमा २० हजार ६ सय २८ जना बालबालिका रहेका छन् । यो संख्या कुलमध्ये करिब २० प्रतिशत हो ।

यसैगरी १२ हजार १ सय ९५ जना बिभिन्न प्रकृतिका बिरामीहरुलाई शल्यक्रियाका लागि उपयुक्त ठाउँमा परामर्शसहित रेफरसमेत गरिएको अध्यक्ष राउतले बताए । राउतका अनुसार पछिलो समयको समयको टिपोटले आँखाका बिरामीहरुको वार्षिक बृद्धिदर ५५ प्रतिशत देखाएको छ । यो निकै शंकटपूर्ण रहेको उपचारमा संलग्न डाक्टरहरुको भनाई छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *