निर्मला तिम्रो न्याय भेटिएन !! (कबिता)

  • चाम्लिङ्ग राई रिनु

    न्याय हराएको मेरो देशमा
    भोलि मैले जन्मदिने छोरीलाई
    भुण हत्या गर्नु सिबाय अरु कुनै विकल्प देखिन ।
    जहाँ हरेक कलिला मुना जस्ता छोरीहरुलाई
    यौन जन्य जघन्य अपराधको सिकार बनाईन्छ ।

    जहाँ शिकारीहरु
    र्याल काढेर दोबाटो
    ढुकेर बसेका हुन्छन ।
    अनि म बाट जन्मिने छोरीलाई
    सुरक्षित हुन्छे भन्ने कुनै ग्यारेन्टी दिन सक्छु !!!

    निर्मला आज देशका हरेक नारी सन्तरासमा छ्न।
    आज तिमी बलात्कार हुननै देशका करोड निर्मलाहरु बलत्कृत भएका छौ ।।
    यो कुनै पनि महिला दिदीबहिनीले
    आफूलाई सुरक्षित महसुस नगरुन कि मेरि छोरी सुरक्षित छे !!

    निर्मला तिम्रो लागि न्याय माग्न
    सडक देखि सदनसम्म पुग्दा
    कुनै आशाको दियो बल्न सकेन
    कुनै पनि सम्बन्धित निकाएले टेर पुच्छर लगाएनन
    कुनै पनि नेतादेखि कार्यकर्तासम्म पुग्दा
    वरको सिन्को पर सरेन

    आखिरी न्याय के का लागि ?
    जहाँ अन्यायका लागि न्याय पाईदैन भने
    त्यो न्याय भन्ने ठेलिलाई टोईलेट पेपर बनाउदा हुन्छ ।
    जब एउटा निर्दोष बालिकाको बलात्कार पछि
    बिभस्स हत्या गरियो
    अपराधीहरु रोडमा छोडिएका साढे गोरु झै
    छाडा छोडिरहे देखे पनि नदेखे झै गरिरहे
    सम्बन्धित निकायको मिले मतोमा
    छोरी कुटेर बुहारी तर्साउने काम मात्र गरियो ।

    यसरी
    कतिन्जेल ढाकछोप गर्छौ !!
    कतिन्जेल अपराधीहरुलाई मलजल गर्छौ !!!
    हुनु त तिम्रो छोरी कहिले बलात्कार भए पो न्याय भन्ने बुझ्छौ।
    बलात्कार होनौ पनि कसरी र डान्सबार र रेस्टुरेन्टमा
    आफ्नो जवानी ठर्रासँग साटेसी
    जन्मिन्दै दुधमा नुहाएर
    पैसाको बिटाेमा निन्द्रा पुर्याएसी ।
    जो बलात्कार भएका छ्न
    दिन, दुखी, चरम गरिबी
    आफ्नो इज्जतको लागि
    बिकेका हुनन तिनै छोरीहरु ।

    जाबो एउटा निर्मलालाई त
    न्याय दिन सक्दैनौ भने (( माहासय))
    देशमा लाखौं निर्मलाहरु बलत्कृत भएकाछ्न।
    उनिहरुलाई कसरी न्याय दिलाउन सक्छौ र ?
    जहाँ नारीका लागि न्यायलाई पतन गरिएको देशमा
    म सुरक्षित छु भनेर कसरी भनु !!!

    निर्मला तिम्रो आत्मा छटपटाई रहेको छ।
    जहिलेसम्म तिम्रो लागि न्याय दिलाउन सक्दैनौं
    जहिलेसम्म आम नारीहरु आफ्नो न्यायको लागि आवाज उठाउदैनौ !!
    बलात्कारिको पेनिसमा जिउँदै करेन्ट लगाउन सक्दैनौं
    त्यहिलेसम्म तिम्रो आत्मालाई शान्ति मिल्ने छैन।
    र लाखौं बलत्कृत निर्मलालाई शान्ति मिल्ने छैन।
    “निर्मला अब तिमी एक्लो छैनौ !
    करोडौं जिबित निर्मलाहरु छौ !!
    त्यसैले हाम्रो आवाज गुन्जाईरहन्छौ ! गुन्जाईरहन्छौ !!

    भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *