



उदयपुर । सभामुख कृष्णबहादुर महराले देश र जनताको हित हुनेगरि कानुन निर्माण गर्नु पर्ने बतएका छन् । जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा भएको ‘संविधान र संघीयताः कार्यन्वय र अन्तरसम्बन्ध’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा सभामुख महराले सो कुरा बताएका हुन् । सभामुख महराले संघीयता कार्यन्वयन गर्न तिनै तहका सरकारले समन्वय गर्न जरुरी रहेको समेत बताएका छन् ।
उनले तीनै तहका सरकारका छुुट्टाछुट्दै कानुन बनाउने अधिकारी भएपनि नेपालको संघीयता आफ्नै मौलिक शैलीको भएकाले यसको कार्यन्वयमा तिनै तहको सरकारले साझा अधिकारहरुको कार्यन्वयमा समन्वय गर्नु पर्ने आवश्यक रहेको बताए । कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशिराज दाहालले संविधान र कानुनले सबैको आ–आफ्नो अधिकार तोकिदिएको बताएका छन् ।
संविधान तथा कानुनका विज्ञसमेत रहेका उनले मुद्दा फैसला गर्ने भन्दा पनि मेलमिलापद्धारा विवाद समाधान गर्न न्यायीक समितिलाई अनुरोध गरेका छन् । उनले विशेष गरेर स्थानीय तहका जनप्रतिनिधिहरुलाई क्षमता अभिबृद्धिमा जोड दिनु पर्नेसमेत बताए । मंगलबार भएको उक्त कार्यक्रममा जिल्लाको तिनै तहका जनप्रतिधिहरु सहभागी रहेका थिए ।
भिडियोः–