सभामुख कृष्णबहादुर महरा उदयपुर आउने तयारी

गजेन्द्र राई
उदयपुर ।  संघीय संसदका सभामुख कृष्णबहादुर महरा उदयपुरमा हुने एक अन्तरक्रिया कार्यक्रममा आउने भएका छन् । जिल्लाको सदरमुकाम गाईघाटमा मंसिर १८ गते हुने कार्यक्रममा सभामुख महरा आउने भएका हुन् । जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा हुने “संघीयता र संबिधान कार्यन्वय र तहगत अन्तरसम्बन्धित” बिषयक कार्यक्रममा सभामुख महरा प्रमुख अतिथिको रुपमा आउने कार्यक्रम रहेको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बताए ।

प्रमुख परियारका अनुसार प्रदेश नम्बर एक का सभामुख प्रदिप भण्डारी र उप–सभामुख सरस्वती पोखरेल पनि कार्यक्रममा सहभागि हुने छन् । त्यसैगरि जिल्लाका दुबै क्षेत्रका प्रतिनिनि सभाका सांसद् र चार क्षेत्रका प्रदेश सभाका सांसद्हरुको कार्यक्रममा सहभागिता रहने छ । यसैगरि जिल्लामा रहेका चार नगरपालिका र चार गाउँपालिकाका प्रमुख उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहने छ ।

कार्यक्रममा जिल्लाका पुर्ब मन्त्रि, पुर्ब सांसद्, जिल्ला बिकास समितिका पुर्ब सभापति, सरकारी कार्यालयका प्रमुख र पार्टी प्रतिनिधिहरुको समेत सहभागिता रहने छ । कार्यक्रममा संघीयता र संबिधानका अन्तरबस्तु लगायतका बिषयमा सभामुख महराले आफ्नो कुरा राख्ने छन् । त्यसैगरि कानुनी अन्तरसम्बन्ध बारे प्रशासकीय अदालतका प्रमुख काशिराज दाहाल र बरिष्ठ अधिबक्ता शभु थापाले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छ ।

 

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *