राष्ट्रब्यापी खुला कविता प्रतियोगिताको प्रथम स्थान उदयपुरे युवा कबिको पोल्टामा

गजेन्द्र राई
उदयपुर । “राष्ट्रब्यापी खुला कविता प्रतियोगिता २०७५” को प्रथम स्थान उदयपुरका युबा कबि जीवन आरोहीले हात परेका छन् । नुवाकोट साहित्य प्रतिष्ठान नेपालद्धारा आयोजित सो प्रतियोगितामा उनले प्रथम स्थान हात पारेका हुन् । नुवाकोटको सदरमुकाममा शनिवार सम्पन्न प्रतियोगिताको प्रथम स्थान उनले हात परेको आयोजकले जनाएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका–५ रसुवा निवासी उनि प्रथम स्थान हात पारेसँगै नगद रु ५० हजार र प्रमाणपत्रले सम्मानित भएका छन् । प्रतियोगिताका लागि देशको बिभिन्न ठाउँबाट दुई सय ४८ कविताहरु जम्मा भएको थियो । वाचनका लागि निर्णायक मण्डलले छनोट गरेको उत्कृष्ठ २० कविताहरु मध्ये १९ कबितालाई पछि पर्दै उनले प्रथम स्थान हात परेको हो ।

प्रथम स्थान हात पार्ने कबि जीवन आरोही निगरानी सञ्चार प्रा.लि.द्धारा उदयपुरबाट सञ्चालित यसै निगरानी पोष्ट अनलाईन खबरका सम्पादक समेत हुन् । त्यसैगरि प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने बाग्लुङका बिवस बाबूलाई नगद रु ३० हजार र प्रमाणपत्र र तृतिय स्थान हासिल गर्नेद्धय दोलखाका देवकी अभिलाशी र रामेछापका जीवन खत्रीलाई नगद रु ३० हजार र प्रमाणपत्रले सम्मान गरिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *