गम्भिर प्रकृतिका घटना अव निरन्तर सुनवाईः महान्यायाधिवक्ता खरेल

उदयपुर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गम्भिर प्रकृतिका अपराधलाई चाँडै टुङोमा पुर्याउन निरन्तर सुनवाई प्रकृया योजना अघि सारिएको बताएकाछन् । उदयपुरको सदरमुकाम गाईघाटमा जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन गर्दै उनले बलात्कार, यौनजन्य हिंसा, अपहरण जस्ता अपराधका घटनालाई चाँडै निष्कर्षमा पुर्याउन अदालतमा निरन्तर सुनवाई प्रकृया योजना ल्याउने तयारी भईरहेको बताए ।

देशभर बलात्कार, यौनजन्य हिंसा र अपहरण जस्ता घटना बढिरहेको बेला यस्ता घटनालाई निस्तेज बनाउनका लागि यो योजना अघि सारिएको उनको भनाई छ । मुद्दाको प्रकृया लम्बिदा पीडितले थप पीडा भोग्नु परेको बताउँदै उनले मुद्दा चलिरहेको विचको समयमा हुने चलखेल र पीडितमाथि थप हुने हिंसालाई न्युनिकरण गर्न यो बिधी उपयुक्त हुने छ । घटनासँग असबन्धित व्यक्तिको चलखेल, पीडितलाई होस्टायल गर्न दवाव दिने, आर्थिक चलखेल गर्ने र पीडितलाई समाजमा बस्न नदिने वातावरण तयार भईरहेकाले त्यस्ता मुद्दालाई तत्काल निष्र्कषमा पुर्याउन निरन्तर सुनवाई गर्दै अदालती प्रकृया प्रमाण, साक्षी बुझ्ने जस्ता कामकारवाही तत्काल अवलम्बन गरिने उनले बताए ।

नबनिर्मित भबन दुई करोड २८ लाख ८३ हजार तीन सय ४२ रुपिँया ९९ पैसामा निर्माण भएको तीन तले भवनमा २५ कोठा रहेको छ । २०७६ असारमा सम्पन्न गर्ने गरि २०७४ असार १५ गते निर्माण सुरु गरिएको भवन छ महिना अगावै सम्पन्न भएको जिल्ला न्यायाधिवक्त हरीकुमार पोखरेलले जानकारी दिए । १० कठ्ठा क्षेत्रफलमा अबश्थित भवन निर्माणको जिम्मा गिताञ्जली शक्तिकुण्ड जेवीले गाईघाटले लिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद अम्बिका थापा, नायव महान्यायाधिवक्ता किरण पौड्ल, जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटा, प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, नेपाल वार एशोसियसनका अध्यक्ष शिवकुमार कार्की लगायतले बोलेका थिए ।


हेर्नुहोस् भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *