उदयपुर । चुनढुंगा बोक्ने टिफरले उदयपुरमा ठक्कर दिदा एक जनाको आईतबार साँझ घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका– ७ चुहाडे कपसा बस्ने बर्ष १९ को सोनाम राई रहेको छ । हाल मृतक राईको शब जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । ठक्करदिने टिफर भने फरार रहेको प्रहरीले जनाएको छ ।
तर प्रारम्भिक प्रहरी अनुसन्धानले फरार टिफर कसमस सिमेन्ट उद्योगको चुनढुंगा बोक्ने रहेको छ । अहिले चुनढुंगा बोक्ने दुई दर्जन भन्दा बढी टिफरलाई ईलाका प्रहरी कार्यालय जलजलेले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । करिब एक महिना यता कसमस सिमेन्ट उद्योगको लागि उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ४ र ८ स्थित सरुने गाउँबाट चुन ढुंगा बोक्दै आएको छ ।
भिडियाः–
Facebook Comments