अशक्त युवती बलात्कार गरेको कसुरमा १० बर्ष कैद

उदयपुर । २५ बर्षीया अशक्त (सुस्तमनस्थिति) युवतीलाई बलात्कार गरेको कसुरमा उदयपुरका एक व्यक्तिलाई जिल्ला अदालत उदयपुरले १० बर्ष कैद र पीडितलाई ३० हजार रुपिँया क्षतिपुर्ति उपलब्ध गराउन आदेश दिएको छ । न्यायाधिश तिर्थराज केसीको एकल इजलासले बुधबार कटारी नगरपालिका १२ नागदहका ४० बर्षीय जनकराज खत्रीले बलात्कार गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो ।

२०७४ फागुन १६ गते बलात्कार गरेको आरोपमा खत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । घरमा कोही नभएको मौकाछोपी खत्रीले बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १८ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएकोमा अदालतले चैत्र ७ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । युवतीलाई बलात्कार गरेको कसुरमा पाँच बर्ष र पीडित अशक्त युवती पनि भएकाले थप पाँच बर्ष गरी १० बर्ष कैद हुने गरी फैसला सुनाइएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *