सरकार असफल भइसक्योः डा शेखर कोइराला (भिडियो सहित)

उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दुईतिहाई बहुमत प्राप्त बर्तमान केपी ओली नेतृत्वको सरकार असफल भइसकेको दावी गरेका छन् । नेपाल प्रेस युनियन उदयपुरले बिहीबार गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले प्राकृतिक स्रोत व्यवस्थापन, बित्त आयोग, अन्तरप्रदेश परिषद निर्माण, प्रदेशस्तरीय प्रहरी र प्रशासनको व्यवस्थापन लगाएतका काम सरकारले गर्न नसक्दा संघियता नै असफल हुने अबस्था आउन लागेको बताए ।

नेपाली कांग्रेसका नेताहरु चरम गुटबन्दीमा फसेका कारण गत आम निर्वाचनमा कांग्रेसले इतिहासमै नराम्रो पराजय भोग्नु परेको बताउँदै उनले नेतृत्व तहमा रहेको अर्कमण्यता र संवादहिनताले गुटबन्दी मौलाएको उल्लेख गरे । नेतृत्व परिवर्तन नगरी कांग्रेस सुध्रन नसक्ने स्थिति रहेको बताउँदै कोइरालाले २०७६ साल फाल्गुण महिना भित्र कुनै पनि हालतमा कांग्रेसले महाधिवेशन गर्न जरुरी रहेको औल्याए । आफुलाई नेपाली कांग्रेसको भावी सभापतिका रुपमा प्रस्तुत गर्न सक्ने बताउने कोइराला जिल्ला भ्रमणको क्रममा गाईघाट आईपुगेका थिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *