



उदयपुर । अपाङ्ग महिला बलत्कार आरोपमा एक युवा उदयपुरमा पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका १४ साउने बस्ने बर्ष २० को किशोर नेपाली रहेका छन् । उनलाई स्थानीय एक बोल्न नसक्ने ४५ बर्षीया महिलालाई बलत्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए ।
प्रहरी प्रमुख एसपी राईका अनुसार बोल्न नसक्ने महिलालाई घर नजिकै रहेको जंगलमा लगेर जर्वजस्ती करणी गरेको निवदेदन परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेपालीलाई अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
भिडियोः–
Facebook Comments