काठमाडौं । प्रथम मिस नेपाल रुवी राणाले सरकार नपुंसक भएको बताएकी छन् । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ आउँदा उनी भावुक पनि बनेकी छन् । न्याय दिलाउन नसक्ने सरकारप्रति रोष देखाएकी उनले प्रथम मिस नेपाल नभई आमाको नाताले आफु भावुक बनेको बताएकी छन् ।
उनले भनेकी छन्,‘मेरो पनि दुईवटा छोरी छन् । मेरो छोरी पनि घरमा एक्लै आफ्ना आमा र बाबुलाई कुरेर बसेकी छन् । मेरो छोरीलाई यो देशमा सुरक्षा भएको छैन । मलाई डर छ, म घर फर्कें भने मेरी सानी छोरी सुरक्षित पाउँछु की पाउँदिन ।’ उनले यसलाई आमाको पुकार भएको बताउँदै निर्मलाका बुवाआमा यज्ञराज र दुर्गादेवी पन्तालाई न्याय दिलाउनका लागि देशविदेशमा रहेका नेपालीसँग आग्रह पनि गरेकी छन् ।
उनले भनेकी छन्,‘हामी सबै आमा आज चिन्तित छौं । आजको दिनमा हाम्रो छोरीहरू सुरक्षित घर फर्किन्छन् की फर्किँदैनन् । यो अवस्थामा निर्मला पन्तको बुवाआमाले न्याय पाएनन् भने यो सरकार र कानुन नपुंसक नै मान्नुपर्छ ।’ उनले निर्मलाका हत्यारालाई नांगेझार पारेर फाँसीको माग पनि गरेकी छन् ।
भिडियोः–