उदयपुर । मानव अधिकार र सामाजिक न्यायका सवालमा निगरानी समुह र जनप्रतिनिधिलाई सक्षम बनाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दुई दिने क्षमता अबृद्धी तालिमको आयोजना गरेको छ । रौता गाउँपालिका वडानं ७ मुर्कुची बजारमा आयोजना गरिएको तालिममा उदयपुरगढी गाउँपालिका ८ र रौतामाई गाउँपालिकाका ७ का जनप्रतिनिधि र मानव अधिकार निगरानी समुहका सदस्यहरुको उपस्थिति रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा इन्सेक प्रदेशनं १ का संयोजक सोमराज थापा, कार्यक्रम अधिकृत वागमता कटेल, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का र अधिवक्ता हिमाल खड्काले सहजिकरण गर्ने भएका छन् । तालिममा विशेषगरी मानव अधिकार अवधारणा र राज्यको दायित्व, विकास, दिगो विसकाका लक्ष्यहरु, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका बुझाई तथा अभ्यास, लवि, एडभोकेसी तथा उत्प्रेरणा र सहजिकरणका विषय बस्तुका उठान गरिने भएको छ ।
त्यसैगरी नेपालको संबिधान २०७२ मा व्यवस्था गरिएको मौलिक हक र मौलिक हक उपचारका लागि स्थानीय सरकारको भुमिका, सुशासन, पारदर्शिता, जवाफदेहिता, गाउँपालिकामा देखिएका शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका सवालमा संञ्चार र समन्वयको भुमिका, सहभागितामुलक र समावेशी योजना तर्जुमा प्रकृया र इन्सेक अभियानका बारेमा पनि जानकार दिने इन्सेकका क्षेत्रीय प्रमुख सोमराज थापाले जानकारी दिए । तालिमको उद्घाटन जिल्ला समन्वय समिति उदयपुरको संयोजक खड्गबहादुर परियारले गरेका थिए ।
भिडियोः–