अवको मुद्दा आर्थिक तथा सामाजिक अधिकारको 

उदयपुर ।  मानव अधिकार उल्लंघन र ज्यादतीका मात्र नभई आर्थिक तथा सामाजिक अधिकारका सवालाई सशक्त ढंगले उठान गर्न उदयपुरका अधिकारकर्मी र पत्रकारहरुले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सक)लाई सुझाब दिएकाछन् । इन्सेक १ नम्बर प्रदेश कार्यालय बिराटनगरले सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको मानव अधिकार संरक्षण र सम्र्वद्धनका लागि सञ्चारकर्मी बिषयक अन्तर सम्बाद कार्यक्रममा सहभागिहरुले यस्तो सुझाब दिएका हुन् ।

उनीहरुले मुलुक परिवर्तनको दिसातर्फ अगाडी बढिसकेकाले मानवअधिकारकर्मीको अवको दिशानिर्देश आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारलाई स्थापित गर्न लागि पर्नु पर्ने धारणा व्यक्त गरे । सुशासन, जवाफदेहिता, पारदर्शिताका सवालहरु पछिल्लो समयमा नारामा मात्र सिमिति रहेकाले व्यवहारमा कार्यान्वयन गराउन अधिकारकर्मीहरु लागि पर्नु पर्ने बताए । पछिल्ला घटनाहरु हेर्दा मानवअधिकारका सवालमा राज्य पंक्षभन्दा पनि गैरराज्य पंक्षबाट उल्लंघन भईरहेकाले त्यसविरुद्ध खवरदारी गर्नु पर्ने सहभागिहरुको धारणा थियो ।

उनीहरुले ३÷४ महिना यताका घटनाहरुले मानवअधिकारकर्मीको भुमिकालाई नै चुनौती दिने गरी देखापरेकाले सहिमार्गमा ल्याउन अधिकारकर्मीले भुमिका निर्वाह गर्नु पर्ने बताए । कार्यक्रममा इन्सेक प्रदेशनं १ का संयोजक सोमराज थापाले सन २०१९ मा प्रकाशन हुने मानवअधिकार बर्ष पुस्तकका लागि सन २०१८ को ८ महिनामा प्रदेशनं १ मा भएका घटनाहरु सार्वजानिक गरेका थिए । उनकाअनुसार मानवअधिकार उल्लंघन र ज्यादतीबाट ६ सय ४३ जना पीडित भएको त्यसमध्ये राज्य पक्षबाट ४८ जना पुरुष र ७ जना महिला गरी ५५ जना पीडित भएकाछन् ।

यस अवधिमा बालअधिकार हननबाट १ सय ३८ जना पीडित भए । हत्याको घटनाबाट २९ जनाले ज्यान गुमाउनु पर्यो जसमा गैर राज्य पक्षबाट १७ जना महिला र १२ जना पुरुष, हत्याको प्रयासको घटनामा ११ जना पीडित हुन पुगे तथ्यांकले देखाएको छ । महिला अधिकार हननका घटनाबाट ३ सय ३९ जना महिला पीडित भए जसमा बलात्कारका घटनामा ६७ जना, प्रयासमा ३१ ज्ना, यौनदुव्र्यवहारबाट ९ जना, कुटपिटबाट १२ जना, वेचविखन ९ जना, वहुविवाह ४३ जना, बोक्सीको आरोपमा ४ जना, घरेलुहिंसा १ सय ६२ जना पीडित हुन पुगेको तथ्यांकले देखाएको छ ।

थापाले मानव अधिकार र समाजिक न्यायाका निम्ति इन्सेक लागि रहेको बताए । उनले देशव्यापीरुपमा मानवअधिकारको अभिलेखिकरणसँगै शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका सवालमा इन्सेकले आफ्ना गतिविधीहरु गर्दै आएको बताए । वरिष्ठ पत्रकार कौशल चेम्जोङले मानवअधिकारका सवालमा पत्रकारहरुलाई प्रशिक्षित गराउनु पर्ने धारणा व्यक्त गरे । सवालहरु फेरीदै गएकाले अधिकारका सवाललाई विश्वव्यापी बनाउन पत्रकारहरुलाई प्रशिक्षित गराउनु पर्नेमा उनको जोड थियो । कार्यक्रमा जिल्लाका अधिकारकर्मी र पत्रकार गरी ३ दर्जन वढिको संख्यमा उपस्थिति रहेको थियो ।


भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *