आफ्नो नाममा जग्गा देखाउन प्रदेश सांसद र नगर प्रमुखको चुनौती

उदयपुर । उदयपुर स्थित त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले एक प्रेस बिज्ञप्ती मार्फत समाचार लेख्ने मिडिया र पत्रकारलाई चुनौती दिएका छन् । उनले शनिवार एक प्रेस बिज्ञप्ती जारी गर्दै कपोलकल्पीत र तथ्यहीन समाचार लेख्ने मिडिया र पत्रकारलाई यस्तो चुनौती दिएका हुन् । नगरपालिकाको वडा नम्बर १३ पुरानो गाईघाटमा रहेको हवाई मैदानको जग्गासँग प्रमुख चौधरीको नाम जोडिएर काठमाडौंबाट सञ्चालन हुने थाहा खबर अनलाईन पत्रिकामा समाचार प्रकाशन भएपछि यस्तो चुनौती दिएका हुन् ।

‘‘सार्वजनिक जग्गा अतिक्रमणः अबैध घर टहरा भत्काउन सांसदको माग” शिर्षकको समाचारमा प्रमुख चौधरीको नाममा ७ कट्ठा जग्गा रहेको कुरा उल्लेख गरिएपछि सो अनलाईन पत्रिका र पत्रिकाका स्थानीय सम्बाददाता बिदुर कटुवाललाई बिज्ञप्ती मार्फत यस्तो चुनौती दिएका हुन् । उक्त शिर्षकको समाचार गत साउन १ गते प्रकाशन भएको थियो । हवाई मैदानको जग्गामा प्रदेश सभासद, त्रियुगा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष समेतको भागवण्डा भनि झुठो आरोप लगाएर मेरा मर्यादा तथा छनिलाई खुईल्याउने काम भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनको विज्ञप्तीमा ‘‘सार्वजनिक जग्गा अतिक्रमणः अबैध घर टहरा भत्काउन सांसदको माग’ विषयको शिर्षक समाचार प्रति मेरो ध्यान आकर्षित भएको छ । म एक सचेत अनि जनता प्रति उत्तरदायी र निष्ठावान जनप्रतिनिधि हुँ । जनताको हित र भलो प्रति, विकास र समृद्धिका लागि क्रियाशिल रहदै आएको छु । म आम नगरबासीको समृद्धिका लागि सक्दो रुपमा क्रियाशिल छु । म कसैको स्वार्थ तथा मोलाहिजामा काम गर्ने मानिस हैन ।

सो समाचारमा आरोपित विषय प्रति म व्यक्तिगत रुपमा खेद व्यक्त गर्न चहान्छु ।’ यस समाचारले मेरो राजनीतिक चरित्र हत्या, मेरो सामाजिक मान मर्यादा तथा व्यक्तिगत जीवनप्रति गम्भीर क्षति पुगेको छ । समाचारमा उल्लेखित सार्वजनिक जग्गाको अतिक्रमणको विषयमा व्यक्तिगत रुपमा म र नगरपालिका गम्भीर छ र सो सम्बन्धमा विधि सम्मत रुपमा नगरपालिकाले समिति बनाएर अध्ययन भै रहेको छ । हामी सरकारी जग्गा तथा सार्वजनिक जग्गा सुरक्षित एवं अनाधिकृत बन्द गर्ने पक्षमा छौं, सोही अनुरुप आफ्ना क्रियाकलापहरु अगाडी बढाएका छौं,’–विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ, जहाँसम्म मैले ७ कट्ठा जग्गा लिएको आरोप छ । यो तथ्यहीन समाचारले मेरो राजनीति र सामाजिक छविमा गम्भीर आघात पुगेको छ । सो समाचारमा उल्लेखित सात कट्ठा जग्गा मेरो नाममा रहेको देखाउन चुनौति दिँदै निराधार, कपोल कल्पित, लान्छनायुक्त, दुराश्ययुक्त भ्रामक समाचार प्रति पुनः खेद व्यक्त गर्दै खण्डन गर्न चहान्छु । नगर प्रमुख चौधरीद्वारा जारी विज्ञप्तीमा ‘म लगायत प्रदेश सभाका माननीय सदस्य ज्यू, नगर उपप्रमुख, तथा वडा अध्यक्ष र कार्यपालिका सदस्य समेतका नाम जोडी मलाई तथा त्रियुगा नगरपालिकाकै बेइजत गर्ने मनसायले दूश्साहास पूर्ण कार्य गरी आरोप लगाएको सो विषयमा आरोप प्रमाणित गरी स–प्रमाण उपस्थित हुन म चुनौति दिन चाहान्छु ।

यस्तो निराधार, भ्रामक, कपोल कल्पित र तथ्यहिन विषय जबरजस्त जन समक्ष दुर्भावना फैलाउने नियतका साथ भएको पीत पत्रकारिता गर्ने पत्रकारलाई कानून बमोजिम कारवाही गर्नको लागि सम्बन्धित निकायको ध्यान आकर्ष गर्न चाहन्छु । अत, यस्तो भ्रामक समाचारको पछि नलाग्न समस्त न्याय प्रेमी नगरबासी दाजुभाई तथा दिदी बहिनीमा हार्दिक अपिल गर्न चाहन्छु ।

दुई कट्ठा जग्गा देखाउन मेरो पत्रकारलाई चुनौती छः सांसद चौधरी
उता, एक नम्बर प्रदेश सांसद सुनिता चौधरीले हवाई मैदानको जग्गामा जोडेर कपोलकल्पीत र तथ्यहीन समाचार लेखेर मेरो राजनीति र सामाजिक छविमा गम्भीर आघात पु¥याउने काम भएको बताएकी छिन् । गत साउन १ गते थाहा खबर डट कममा ‘‘सार्वजनिक जग्गा अतिक्रमणः अबैध घर टहरा भत्काउन सांसदको माग” शिर्षकको समाचारमा मेरो चरित्र हत्या गर्ने गरि समाचार सम्प्रेषण भएको प्रति गम्भिर आपत्ति प्रकट गर्दछु ।
मेरो नाममा २ कट्ठा जग्गा लिएको आरोप प्रमाणित गर्न पत्रकारलाई चुनौति दिएको छ । हवाई मैदानको जग्गामा प्रदेश सभासद, त्रियुगा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष समेतको भागवण्डा भनि झुठो आरोप लगाएर मेरा मर्यादा तथा छनिलाई खुईल्याउने काम भएको भन्दै प्रदेश सभा साँसद चौधरीले जग्गा देखाउन पत्रकारलाई एक बिज्ञप्ती प्रकाशित गरि चुनौति दिएको छ ।

सम्प्रेषित समाचारले मेरो ध्यानाकर्षन भएको छ । म एक इमानदार, समाजसेवी महिला व्यक्ति हुँ । म कसैको स्वार्थ तथा बहकाउमा आएर काम गर्ने व्यक्ति हैन । समाचारमा उल्लेखित तथ्यको विषयमा म पनि संवेदनशील भएको छु । सरकारी जग्गा सुरक्षित एवं अनातिक्रमित हुनु पर्दछ भन्ने विषयमा गम्भिर रहेको छु र म मेरो तर्फबाट प्रयासरत छु । जहाँसम्म मलाइ २ कठ्ठा जग्गाको विषयमा म लगायत त्रियुगा नगरपालिकाका मेयर, उप¬मेयर र वडा अध्यक्ष ज्यू समेतका नाम जोडी मलाई तथा नगरपालिकाकै बैइजत गर्ने मनसायले दुस्साहसपूर्ण काय गरी मलाई आरोप लगाएको सो विषयमा आरोप प्रमाणित गरी सप्रमाण उपस्थित हुन म पत्रकारलाई चुनौती दिन चाहान्छु ।

यस्ता हुदै नभएको निराधार, भ्रामक, तथ्यहित, कपोल कल्पित विषय जबरजस्त जन समक्ष दुर्भाबन फैलाउने नियतका साथ भएको पत्रकारिता प्रति खेद व्यक्त गर्न चाहान्छु । यस्ता घृणित कार्य र भ्रामक कुराको पछि नलाग्न समस्त न्याय प्रेमी नगरबासी दाजु भाइ तथा दिदी बहिनीहरुमा हार्दिक अपिल गर्न चाहान्छु । तसर्थ मेरो मान, मर्यादा तथा इज्जत, प्रतिष्ठामा आचँ आउने जस्ता घृणित कार्य भएको अनुभूत गरेको छु । कहि कतै नभएको बिना आधार प्रमाण कसैलाइ नियम कानून विपरित काम गरेको भनि धम्कीको भाषा प्रयोग गर्ने अधिकार लोकतन्त्रमा कसैलाइ छैन ।
म एक जिम्मेवार व्यक्ति भएकोले यस्ता विषयमा मानसिक तनाब दिने, पदिय मर्यादा माथि प्र्रहार गर्र्ने जस्ता कार्य एउटा मर्यादित पत्रकारिता क्षेत्रमा नै कालो दान लागेको महसुस गरेको छु । मेरो आचरण तथा नैतिकतामा आँच आउने कार्य गरी पित पत्रकारिता गर्ने पत्रकार थाहा खबर डट कम विद्युतिय पत्रिकालाई तत्काल कडा भन्दा कडा कारवाही गरी निज पत्रकारलाई कारबाही गर्न सम्बन्धित सरोकारवाला निकायसँग जोडदार माग गर्दछु । उनको विज्ञप्तीमा ‘‘सार्वजनिक जग्गा अतिक्रमण ः अबैध घर टहरा भत्काउन सांसदको माग’ विषयको शिर्षक समाचार प्रति मेरो ध्यान आकर्षित भएको छ ।

यस समाचारले मेरो राजनीतिक चरित्र हत्या, मेरो सामाजिक मान मर्यादा तथा व्यक्तिगत जीवनप्रति गम्भीर क्षति पुगेको छ । जहाँसम्म मैले जग्गा लिएको आरोप छ । यो तथ्यहीन समाचारले मेरो राजनीति र सामाजिक छविमा गम्भीर आघात पुगेको छ । सो समाचारमा उल्लेखित जग्गा मेरो नाममा रहेको देखाउन चुनौति दिँदै निराधार, कपोल कल्पित, लान्छनायुक्त, दुराश्ययुक्त भ्रामक समाचार प्रति पुनः खेद व्यक्त गर्दै खण्डन गर्न चहान्छु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *