बिद्यार्थी संगठनद्धारा उदयपुरमा मेडिकल इन्स्टिच्युट माथी ताला

गजेन्द्र राई
उदयपुर । उदयपुरमा सञ्चालन हुदै आएको मेडिकल इन्स्टिच्युट माथी एक बिद्यार्थी संगठनले सोमबार तालाबन्दी गरेका छन् । तालाबन्दी गर्नेमा विप्लव नेतृत्व नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल नेकपा राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रहेको छ । संगठनले प्राविधिक शिक्षाको रुपमा सञ्चालन हुदै आएको मोडर्न इन्स्टिच्युट अफ हेल्थ साइन्स माथी तालाबन्दी गरेका हुन् । इन्स्टिच्युट जिल्लाको त्रियुगा नगरपालिका– ३ त्रियुगा पुल स्थित मोतिगडामा सञ्चालन हुदै आएको छ ।

संगठनले लामो समयदेखि सिटीभिटीले बनाएको मापदण्ड बिपरित चर्को शुल्क लिएर ब्रम्हलुट गरेको बिज्ञप्ती मार्फत इन्स्टिच्युट सञ्चालकहरुलाई आरोप लगाएको छ । संगठनको जिल्ला संयोजक डिवी लामाले हस्ताक्षेर गरेको बिज्ञप्तीमा इन्स्टिच्युट सञ्चालकहरुलाई ६ बुँदे स्पष्टीकरणसमेत सोधिएको छ । बिज्ञप्तीमा चित्तबुझ्दो जवाफ नआएसम्म इन्स्टिच्युटमा लगाईएको ताला अनिश्चितकालिन रहने उल्लेख गरिएको छ ।

संगठनले विद्यार्थी र अभिभावकले गरेको गुनासोसँगै संगठनको अनुसन्धानमा पनि चर्को शुल्क लिएको भेटिएपछि ताला लाउनु परेकोे बिज्ञप्तीमा उल्लेखे छ । “विद्यार्थीहरुलाई राम्रो श्रेणीमा उत्तिर्ण गराई दिने प्रलोभन देखाएर मोटो रकम लिने” विज्ञप्तीमा भनिएको छ “इन्टिच्युटका प्रिन्सिपल खेमचन्द्र यादवले इन्स्टिच्युटमा अध्यनरत महिला विद्यार्थीहरुलाई यौन प्रस्ताव र दुव्र्यवहारसमेत गर्ने गरेको छ” ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *