उदयपुर जिल्ला अदालतमा लक्ष्यभन्दा बढि मुद्दा फछ्र्यौट

उदयपुर ।  जिल्ला अदालत उदयपुरमा आर्थिक बर्ष २०७४÷०७५ मा लक्ष्यभन्दा बढि मुद्दा फछ्र्यौट भएको छ । अदालतले बार्षिक कार्यक्रमअनुसार बर्षभरीमा ८ सय ६२ मुद्दा किनारा लगाउने लक्ष्य लिएकोमा १ हजार ६४ मुद्दाको टुङो लगाएको हो । अदालतमा भएको एक पत्रकार सम्मेलनमा मार्फत जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले निर्वाचनका वावजुद पनि सोचेभन्दा बढि मुद्दालाई किनारा लगाउन आफ्नो टिम सफल भएको दावि गरे ।

उनले २०७५ असार मसान्तसम्म अर्थात एक आर्थिक बर्षमा १ हजार ४ सय १५ मुद्दा दर्ता भएकोमा १ हजार ६४ किनारा लागेको र ३ सय ५१ वटा बाँकी रहेको बताए । जुन प्रतिशतका हिसावले ७५ दशमलव १९ प्रतिशत हुन आउँछ । अदालतका स्रेस्तेदार ऋतबहादुर मगरकाअनुसार अघिल्लो आ.ब. बाट ५ सय ८५ वटा मुद्दाको जिम्वेवारी सरेको छ । त्यसैगरी आ.व. २०७४÷०७५ मा ६ सय ४६ मुद्दा दर्ता हुने र नयाँ पुरानो गरी १ हजार २ सय ३१ मुद्दाको संख्या रहने अनुमान गरेको थियो भने फछ्र्यौटको संख्या ८ सय ६२ वटाको लक्ष्य राखेको थियो ।
दुई न्यायधिशको दरबन्दि रहेको जिल्ला अदालतमा न्यायधिश सापकोटाको इजलासमा ४ सय ३१ लक्ष्य लिइएको थियो त्यसमध्ये ५ सय ७४ मुद्दा किनारा लागेको जनाइएको छ । जुन १ सय ३३ दशमलव १७ प्रतिशत हो । त्यसैगरी न्यायाधिश तिर्थराज केसीको इजलासमा ४ सय ३१ मुद्दाको लक्ष्य लिइएकोमा ४ सय ९० वटा फैसला भएको जनाइएको छ । जुन १ सय १३ दशमलव ६८ प्रतिशत हो । न्यायाधिश सापकोटाकाअनुसार ९ महिना भित्रको मुद्दाको संख्या २ सय ११, ९ देनि १२ महिना भित्रको ८८ वटा, १ बर्षदेखि १८ महिनासम्मको ५० वटा, १८ महिनादेखि २ बर्ष भित्रको २ वटा गरी कुल ३ सय ५१ वटा मुद्दा फछ्र्यौटका लागि बाँकी रहेको छ ।

निरन्तर सुनवाईतर्फ दर्ता भएको ३ महिना भित्र २० वटा, ३ महिना नाघेका १० वटा र ६ महिना नाघेका २७ वटा मुद्दा फैसला भएको बताइएको छ । त्यसैगरी थुनुवातर्फ १ सय ७ वटा, फछ्र्यौटतर्फ ५२ वटा मुद्दा किनारा लागेकाछन् । जुन प्रतिशतका हिसावले ४८ दशमलव ५९ प्रतिशत हो । कार्यक्रममा मेलमिलापमा पठाएको संख्या १ सय २, मेलमिलाप भएको संख्या २४, मेलमिलाप हुन नसकी फीर्ता भएको ६० वटा, प्रकृयामा रहेको १८ वटा मुद्दा रहेको अर्का न्यायाधिश तिर्थराज केसीले जानकारी दिए । जिल्लामा सुचिकृत मेलमिलापको संख्या २१ जना रहेकाछन् ।

मेलमिलापबाट पनि २३ दशमलव ५२ प्रतिशत मुद्दा किनारा लगाउन सफल भएको स्रेस्तेदार मगरले बताए । मुद्दाको अंग पुर्याउनेको लक्ष्य ९ सय ४९ रहेकोमा प्रगतितर्फ १ हजार २ सय ४९ रहेको पाइएको छ । त्यसैगरी मुलतवी मुद्दातर्फ जिम्वेवारी संख्या १ सय ८ वटा, २०७४÷७५ मा १६ गरी जम्मा १ सय २४ रहेको छ । त्यस्तै मुलतवीबाट जागेको संख्या २८ र बाँकी मुलतवी संख्या ९६ रहेको छ ।

अदालतले फैसला कार्यान्वयनतर्फ निवेदन पर्ने अनुमान १ सय ९३, फछ्र्यौट लक्ष्य १ सय ४५ लिएकोमा ९३ वटा फछ्र्यौट भएको छ । न्यायाधिश सापकोटाले यो आर्थिक बर्ष जिल्ला अदालत स्थापनाकाल यताकै सबैभन्दा बढि मुद्दा दर्ता र फछ्र्यौटको संख्या रहेको दावि गरे । उनले फैसला संख्या उच्च भएपनि विविध कारणले कार्यान्वयनमा कमी भएको बताए । कार्यान्वयनमा कमि आएकाले आगामी बर्षलाई फैसला कार्यान्वयनको बर्षकोरुपमा योजना अघि सारी अघि बढिने बताए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *