ट्रक दुर्घटनामा एकको मृत्यु

उदयपुर । उदयपुरको घुर्मी कटारी सडक खण्ड अन्तरगत सिद्धिचरण लोकमार्गमा सोमबार मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा ट्रक सहचालक घाइते भएको छ । सामान बोकेर जिल्लाको कटारीदेखि ओखलढुंगातर्फ गइरहेको ना ४ ख ८०७९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा हुँदा चालक कटारी ८ सिरिसेका २८ वर्षीय मोहन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना कटारी नगरपालिका १४ स्थित भदौरेमा भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार दुर्घटनामा चालकको घट्नास्थलमै मृत्यु भएको थियो । घाइते सहचालक सिन्धुली स्थित दुधौली नगरपालिकाका पूर्ण सुनुवारको कटारी १४ घुर्मीमा उपचार भइरहेको छ । सडकबाट लगभग १ सय मिटर तल खसेको ट्रक पुर्णरुपमा क्षेति पुगेको स्थानीयहरु बताउछन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *