उदयपुरमा एक युवाको शंकास्पद मृत्यु

उदयपुर । शंकास्पद अवस्थामा शुक्रवार एक युवाको शब उदयपुरमा फेला परेको छ । फेला परेको शब जिल्लाको त्रियुगा नगरपालिका– १ जोगिदह बस्ने बर्ष ३० को सुसिलकान्त चौधरीको रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनको शब स्थानीय कंङ्ग खोलाको बगरमा भेटिएको थियो ।

चार दिनदेखि घरबाट हराई रहेको चौधरीको शब शंकास्पद अवस्थामा भेटिएको स्थानीयहरु बताउछन् । उनीहरुको अनुसार खोलाको बालुवामा पुरिएको अबस्थामा चौधरीको शब फेला परेको थियो । उनको छात्तिमा गहिरो चोट देखिएको छ । अहिले चौधरीको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *