बैदेशी रोजगारीको क्रममा खुट्टा गुमाएका शेर्पालाई युएईबाट सहयोग

अर्जुन राउत ‘बाराहाली’
काठमाडौ । वैदेशिक रोजगारीको शिलसिलामा मलेसिया पुगेर खुट्टा गुमाएका सोलुखुम्बुको एक युवालाई उपचारका लागि शेर्पा किदुक युएईले आर्थिक सहयोग गरेका छन् । आर्थिक सहगोग पाउनेमा जिल्लाको नेचा सल्यान गाउँपालिका– ५ का २४ बर्षे आङपासाङ शेर्पा रहेका छन् । काठमाडौको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराईरहेको शेर्पालाई संस्थाको संस्थापक महासचिब गन्जु शेर्पाले युएईमा संकलित रकम एक लाख १० हजार रुपैया सोमबार हस्तान्तर गरेका थिए ।

महासचिब शेर्पाका अनुसार अस्पतालमै पुगेर बिरामीलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरणपछि बिरामीका बाबु पासाङ लाक्पा शेर्पाले संस्था र संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिएका थिए । उनले क्षतिपूर्तिका लागि मेनपावरसम्म पुग्ने आफुसँग पहुँच नभए छोराको उपचारमा बिचल्नी परेको बताए । ‘वैदेशिक रोजगारीको क्रममा छोराको खुट्टा गुम्यो’ भकानिदै बाबु पासाङ लाक्पा शेर्पाले भने ‘अहिले छोरा अस्पतालमा राखेको छु, आफुसँग उपचार गर्ने पैसा छैन’ ।


उनले घरको आर्थिक अवस्था कम्जोर भएपछि छोराको उपचारमा पैसा जुटाउनु दिनरात भौतारीनु परेकोसमेत संस्थाको प्रतिनिधिहरुलाई सुनाएका थिए । अस्पतालमा संस्थापक महासचिव शेर्पा सहित पूर्वअध्यक्ष आङफुरी शेर्पा, पूर्वउपाध्यक्ष आङमिमा शेर्पा, सास्कृतिक बिभाग सदस्य छिरिङ डोल्कर शेर्पा, समाजसेवी पासाङ लामा लगायत बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । घरको कमजोर आर्थिक अबस्था भएको कारण कक्षा ७ मा पढ्ने क्रममा काठमाडौको ब्लू न्यु स्टार मेनपावरबाट ७१ भदौमा मलेसिया पुगेका थिए । उनलाई मासिक ५० हजार तलब हुन्छ भनेर मेनपावरले झुक्याएर पठाएको थियो । अहिले मेनपावर बेखबर रहेको आफन्तहरु बताउछन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *