दुरुपयोगगरी चलाएका आठ सरकारी सवारी साधन ट्राफिक नियन्त्रणमा, सार्बजनिक बिदामा पनि सरकारी छापको दुरुपयोग

उदयपुर । सार्बजनिक बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गरेको भन्दै उदयपुरमा सरकारी कर्मचारी र एक चारचक्के गाडीसहित सात मोटरसाईकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार ट्राफिक चेकिङको क्रममा नियन्त्रणमा लिएको बा १ झ ७२५९ नम्बरको चारचक्के गाडी भने जिल्ला समन्वय समिति उदयपुरको नाममा रहेको छ । अहिले सो गाडी जिल्ला संयोजक खड्गबहादुर परियारले प्रयोग गर्दै आएका छन् । अन्य मोटरसाईकल भने बिभिन्न पालिका र सरकारी कार्यालयको रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
1
नियन्त्रणमा लिएको सवारी साधनहरु घर जान, आफन्त भेटघाट, पारिवारिक घुमघाम, गाडी सर्भिसिङ्ग, अनुगमन तथा फिल्डको बहानामा प्रयोग गर्दै आएको समयमा पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रहरी नायब निरीक्षक लोकबहादुर दियालीले बताएका छन् । असई दियालीका अनुसार नियन्त्रणमा लिएको मध्ये कुनै पनि सवारी साधनहरुको सवारी सञ्चालन अनुमति पत्र रहेको छैन ।

नियन्त्रणमा लिएको आठ मध्ये पाँच सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय उदयपुरबाट सवारी सञ्चालन अनुमति पत्र झिकाई छाडिएको छ । अनुमति पत्रभने प्रहरीले गाडी नियन्त्रणमा लिए पश्चात बनाएको बुझिएको छ । शनिवारका दिन अर्थात चैत्र १० गतेको मिति अनुमति पत्रमा उल्लेख गरिएको छ । पत्रलाई हेर्दा सार्वजनिक बिदाको समयमा पनि जिल्ला प्रशासन कार्यालय उदयपुरले सरकारी छाप र लेटरप्याडको दुरुपयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाए ।
3
सरकारी छापको दुरुपयोगगरि सञ्चालन अनुमति पत्र उपलब्ध गराएका मध्ये स १ ब ५५९ नम्बरको मोटरसाइकल जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत दुनियालाल यादव, बा ४ प ३३२७ नम्बरको मोटरसाइकल जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका शाखा अधिकृत गोविन्द प्याकुरेल र स १ ब ६१८ नम्बर मोटर साइकल जिल्ला कृषि विकासका प्राविधिक सहायक नाथुराम चौधरीले दुरुप्रयोग गरिहेको समयमा जिल्लाको सदरमुकाम गाईघाटबाट नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।
4
कार्यालयको अनुसार बा.२ ब ३६०९ नम्बरको मोटरसाइकल जिल्ला अदालतका नायव सुब्बा शान्ता बस्नेत र स.१ ब ६४० नम्बरको मोटर साइकल सडक विभागका प्राविधिक सहायक महेश कुमार पासवानसमेतले प्रयोग गरिरहेको समयमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसैगरी खोटाङस्थित बारापोखरी गाउँपालिका कार्यालयको नाममा रहेको स.१ ब ६४४ नम्बरको मोटरसाइकल शिक्षक अशोक कुमार मण्डल र सिन्धुलीस्थित दुधौली नगरपालिका–११ वडा कार्यालयको नाममा रहेको स.१ ब ७९४ नम्बरको मोटरसाइकल सर्वसाधरण कुमार लामाले दुरुपयोग गरिरहेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
5
यसैक्रममा पास उपलब्ध गराएको मध्ये जिल्ला कृषि विकास कार्यालयको नाममा रहेको स. १ ब ६१८ नम्बरको मोटरसाइकललाई जिल्ला जनस्वास्थ्य कार्यालयको नाममा अनुमति पत्र लिएको छ । यस विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले कार्यालयको सवारी साधनमा अर्को कार्यालयको नाम राखेर नदिइएको बताएका छन् । निमित्त जिल्ला प्रमुख खड्काले गाडी पक्राउ पश्चात नै गन्तव्यसम्म पुग्नलाई सहज बनाउन शनिबार पास उपलब्ध गराएको स्वीकार गरेका छन् ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *