उदयपुर । उदयपुरको चौदण्डी नगरपालिकाको कार्यपालिका बैंठकमा एक वडाअध्यक्षमाथि अर्को वडाध्यक्षले हातपात गरेको भन्दै बामगठबन्धनको तर्फबाट सोमबार विज्ञप्ती जारी गर्दै घटनाको भत्सर्ना भएको छ । विज्ञप्तीमा, आईतबारको बैंठकमा नगरप्रमुख कै अगाडी वडा नम्बर नौका वडाध्यक्ष प्रकासकुमार राउतमाथि वडा नम्बर १० का वडाध्यक्ष रामकुमार खड्काले हातपात गरेको भन्दै घटनाको छानविन गरी कानूनी कारवाहीसमेतको माग गरिएको छ ।
नगर प्रमुखकै संरक्षणमा हातपात गरी अभद्र व्यवहार गरेको र कार्यपालिका जस्तो सम्मानित बैंठकलाई नै अमर्यादित र रणमैदान बनाएको भन्दै गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाईएको छ । नेकपा एमालेको तर्फबाट वडा नम्बर ९ बाट निर्बाचित वडाध्यक्ष राउतमाथि नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर १० मा निर्बाचित वडाध्यक्ष खड्काको गरेको दुव्र्यवहारलाई दम्भ र अराजकताको संज्ञा दिदै सिंगो नगरपालिकाले नै पनि विकास निर्माण कार्यमा गठबन्धनलाई ववास्ता गर्दै एकपक्षीय बनेकोमा आपत्ति प्रकट गरिएको छ ।
गठबन्धनकोतर्फबाट नेकपा एमाले, चादण्डीगडी नगर संगठन कमिटिका संयोजक राजेन्द्रकुमार कटुवाल र नेकपा (माओवादी केन्द्र) चौदण्डीगडी नगर कमिटिका अध्यक्ष गाविन्द श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ “घटनाको छानविन गरी दोषीलाई कानूनी कारवाही नगरिए अराजकताको विरुद्धमा जस्तोसुकै कदम चाल्न पछि नपर्ने जानकारी गरिएको छ ।”