त्रियुगा कार्यपालिका सदस्यसमेत रहेका एमाले नेता बान्तवाको निधन

उदयपुर । उदयपरको त्रियुगा नगर कार्यपालिका सदस्यसमेत रहेका नेकपा एमाले उदयपुर जिल्ला सदस्य ज्ञानेन्द्र बान्तवाको आईतवार निधन भएको छ । कार्यपालिका र पार्टी कार्यक्रमको सिलसिलामा केहि दिनअघि काठमाडौं पुगेका बान्तवाको डल्लीबजार स्थित सुतेकै अवस्थामा निधन भएको पारिवारिक स्रोतले जनाएका छन् । स्रोतका अनुसार हृदयाघातका कारण उनको निधन भएको हुन सक्ने आशंका गरिएको छ ।

बान्तवा त्रियुगा नगरपालिका– ११ गाईघाट निवासी हुन् । सानै उमेरदेखि खेलप्रेमी बान्तवाले उदयपुरको फुटबल खेलामा ठूलै योग्दान पुर्याएको पाईन्छ । बान्तवा फुटबल संघ उदयपुरको निवर्तमान अध्यक्षसमेत हुन् । चतुरो सोभाबको बान्तवा जिल्लाका युवा बर्गले लोकप्रिय नेताको रुपमा मान्दै आएका थिए । उनको किराती संस्कार अनुसार सोमबार गाईघाटको डाक्टरखोरियामा दाहासंस्कार गरिने स्रोतले बताएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *