साउनेमा निःशुल्क स्वास्थ्य शिविर हुदै

गजेन्द्र राई
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । चैत्र ७ गते हुने शिविरमा एक दर्जन भन्दा बढी रोगहरुको चेक जाँच तथा उपचार गराईने आयोजकले जनाएको छ । आयोजकका अनुसार हाड जोर्नी, नसा तथा बाथरोगको सम्पूर्ण जाँच तथा उपचार गराईने छ । शिबिरमा जेनेरल फिजिसियन, व्लडप्रेसर, छाति, मुटु, पेट, कलेजो लगायत रोगहरुको समेत जाँच तथा उपचार गराईने छ ।

त्यसैगरि नबजात शिशु तथा बालबालिका र महिला तथा प्रसुति रोगहरुको सम्पूर्ण सेवाहरु पनि उपलब्ध गराईने वडाअध्यक्ष कुरुङ राईले बताएका छन् । अध्यक्ष राईका अनुसार शिबिरमै ल्याब टेस्ट, इसिजी, भिडियो एक्स–रे लगायतका निःशुल्क सेवा प्रधान गरिने छ । शिबिरमा इन्डोसकोपी सेवा लिनेका लागि ५० प्रतिशत छुट समेत गराईएको छ ।

त्रियुगा वडा नम्बर–१४ साउनेको आयोजनामा हुन लागेको शिबिरका लागि म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बिराटनगरले निःशुल्क रुपमा विशेषज्ञ डाक्टरहरु उपलब्ध गराईने छ । शिबिरमा दुई हजार भन्दा बढीलाई सेवा दिईने लक्ष्य राखिएको वडा सचिब रित कुमार राउतले बताए । सचिब राउतका अनुसार छिमेकी वडाहरु र छिमेकी जिल्ला खोटाङमा पर्ने बराहपोखरी गाउँपालिकाका केही वडाबासीहरुले समेत सेवा लिने छ ।

saune-udayapur

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *