




उदयपुर । उदयपुर जिल्ला अस्पतालका डाक्टरहरु र अस्पताल प्रशासनको लापरवाहीका कारण आईतबार विरामीहरुले सिटामोलसमेत नपाएको गुनासो गर्दै आक्रोस पोखेका छन् । सयौंको संख्याको विरामी तथा आफन्तहरुले आक्रोस पोख्दै ओपिड र अस्पताल प्रशासनमा घेराउ गरेका छन् । उनीहरुले सामान्य चेकजाँच र सिटामोलसमेत नपाएको गुनासो गरेका छन् । अस्पतालमा इमरजेन्सिी सेवा बाहेकका सेवाहरु सबै प्रभावित छन् ।
विरामीहरुको चित्कारले कहिल्यै नब्यूझेका अस्पताल प्रशासन र सरोकारवाला निकायहरु आप्mनै तालमा छलफल, बैंठक बस्छन् र आप्mनै सुरमा आरामले काम गरिरहेका छन् । तर यता विरामीहरु आप्mनै अस्पतालबाट सामान्य उपचारसमेत नपाएकोमा आक्रोस पोखिरहेका छन् । आक्रोसित विरामीका आफन्तहरुले आइतबार अस्पतालको ओपिडि र प्रशासनमा घेराउसमेत गरे । अस्पतालकै चरम लापरवाही, विरामीप्रतिको दुव्र्यवहारका कारण उनीहरु घेराउ गर्न बाध्य भएका हुन् । त्यतिमात्र हैन विरामी र आफन्तहरु नगरपालिका घेराउ गर्नसमेत पुगेका थिए ।
तोकेको दरबन्दी अनुरुप बिशेषज्ञ डाक्टर नरहेको हस्पतालमा हाल रहेका केही डाक्टरहरुले पनि सेवा सुविधा नपाएको भन्दै आन्दोलन गर्ने, बढि भन्दा बढि विदामा बसिदिने, आप्mनै ढंगले चलिदिने गर्नाले विरामीहरु उपचारबाट बन्चित हुने गरेका छन् । अस्पतालको सेवामा कर्मचारी र चिकित्सक सबैको मनोमानी चलिरहेको छ । गर्नेले काम गरेका छन् नगर्नेलाई कसैले अनुगमन र निगरानी गर्न सकेको अवस्था छैन । वेथितिको अवस्थाको अवस्पतालमा विरामीको टिकटसमेत लापरवाहीपूर्ण ढंगले काट्ने गरिएको छ ।
डाक्टर काममा खट्ने नखट्ने बारे ठेगान नहुने, कुन विरामीको टिकट काट्ने नकाट्ने जस्ता कुराको कुनै ठेगान नहुनाले विरामीले अनावश्यक दुःख, झन्जट पाईरहेका छन् । डाक्टरहरुले ४० जनाभन्दा बढि विरामी नहेर्ने र अल्ट्रासाउड सेवा बन्द भन्दै प्रशासनलाई लिखितरुपमै बुझाएका छन् । आईतबार दुईसय बढि विरामीहरुको उपस्थितिरहेपनि एकजनामात्र डाक्टर संगिता खड्का ओपिडिमा खटिएकी थिईन् । अन्य डाक्टरहरु ओपीडिमा खटिएको भेटिएनन् ।
डा. अमिताव ठाकुर र विजय मेहता विदामा रहेको र निमित्त सुपरिटेन्डेन्ट विसालकुमार देव अस्पतालकै कामले काठमाडौं रहेको बताइएको छ । एघारौं तहसम्मको दरबन्दी रहेको सो अस्पतालमा नवौंतहसम्म कुनै चिकित्सक छैनन् । अस्पतालको दरबन्दी अनुसार नौं जना विशेषज्ञ डाक्टर हुनुपर्नेमा एकजना पनि छैन । त्यहाँका डाक्टरहरुले लामो समयदेखि सेवा सुविधाबाट बञ्चित बन्नु परेको बताएका छन् ।
डिउटी बाहेकका समयमा काम गरेवापत सेवा सुविधाको माग गरिरहेका उनीहरुले काम गर्ने उचित वातावरण नरहेको गुनासो गरेका छन् । अस्पतालमा डाक्टर अन्य चिकित्सक तथा कर्मचारीलाई सहिढंगले काम लगाउन नसकेको अस्पताल प्रशासनको भूमिका फितलो देखिन्छ । अस्पताल प्रशासनले समस्याको बारेमा सम्बन्धीत निकायहरुमा जानकारी गराउने, परिपत्र गर्नेदेखि लिएर छलफल, वैंठक गर्ने गरेपनि ठोस निर्णय र कार्यन्वयन भएको छैन ।
अस्पताल प्रशासन सुब्बाको भरमा चल्नुपर्दा कतिपय निती निर्देशनमा समस्या पर्ने गरेको छ । अस्पताल प्रशासनतर्फको आप्mनै गुनासाहरु छन् । अस्पताल विकास समिति नाम मात्रको भएको छ । समितिका अध्यक्ष राकेश खत्रीले व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सकेको देखिदैन । पछिल्लो समय अस्पतालको समस्या हलका लागि भूमिका जिरो छ । अस्पताल प्रशासनले जिल्लाको तालुक अड्डा जिल्ला प्रशासनलाई पटक पटक गुहारेको जनाएको छ, तर त्यहाँबाटको पहल कदमी प्रभावकारी देखिएको छैन ।
नगरपालिकाको भूमिका पनि चित्त बुभ्mदो देखिएको छैन । स्थानीय सरकारको मातहतमा हस्पिटल रहने भनिएपनि व्यवस्थापन, उपचार सेवा र प्रशासन चुस्तदुरुस्त राख्न सकेको छैन । मेयर, उपमेयर, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधिहरु जनताको स्वास्थ्य सेवाप्रति गम्भिर नभएको आरोप सर्बसाधारणको छ । अस्पताल प्रशासनले समस्याको हल हुन नसक्नुमा त्रियुगा नगरपालिका देखाउछ भने नगरपालिकाले अस्पताल प्रशासनको भूमिका कमजोर देखाउने गरेको छ ।
समग्रमा यतिबेला, जिल्ला अस्पताल, त्यहाँका चिकित्सक, कर्मचारी, व्यवस्थान समिति र सरोकारवाला सम्बन्धीत निकायको वेवास्ताको सिकार बनेको छ । जसले गर्दा निरिह विरामी, सर्बसाधारणहरु स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेका छन् । त्रियुगा नगरपालिकाको उपमेयर देवी चौधरीले विरामीहरुले उपचार नपाएकोप्रति गम्भिर रहेको बताएका छन् ।
अस्पतालका डाक्टर तथा कर्मचारीसंग छलफलसमेत बसेको उपमेयर चौधरीले डाक्टरहरुको मागलाई सम्बोधन गर्न नगरपालिका तत्पर रहेको जानकारी दिइ निरन्तर सेवामा खटिन अनुरोध गरिएको बताए । निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सेवा सुविधाको हकमा स्थानीय सरकारले यसअघि नै प्रतिबद्धता जनाइसकेकोले आन्दोलन गर्न कुनै जरुरी नरहेकाले डाकटरहरु तत्काल आ आप्mनो काममा लाग्न र अस्पताल प्रशासनले व्यवस्थापन मिलाउन निर्देशित गरेको बताए ।