घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार

कैलाली । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । चौधरीलाई गोली प्रहार भएको पुष्टी  प्रहरीले गरेको छ । दुई सुख्खड बजारमा रहेको घरमै गएर बेलुकी ८ बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो । चौधरीको कम्मर र खुट्टामा गोली लागेको तथा टाउकोमा खुकुरीको प्रहारबाट गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउँकोमा खुकुरी प्रहार र कम्मरमूनि गोली लागेको कैलालीका एसपी विनोद घिमिरेले बताए । घाइतेको अबस्था सामन्य नै छ ।
mamataआक्रमणकारीको खोजि भैरहेको प्रहरीले जनाएको छ । उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । चौधरी अचेत रहेको र अवस्था गम्भीर भएकाले कोहलपुर मेडिकल कलेज बाँके रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । किशोरीलाई बोक्सीको आरोपमा कुटपीट हुँदा पनि मूकदर्शक बनेको भनेर चौधरीको आलोचना भएको थियो । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले चौधरमिाथि गोली प्रहार गरेको हो ।

‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारवाही प्रक्रिया अघि बढाएको थियो । उनको गंभीर अपराधलाई पनि सामन्य रुपमा लिएको आरोप लागेको थियो । शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख चौधरीले आफूले घटनालाई मिलाउन नखोजेको दाबी गरेका थिए ।

उनले घटनाको बारेमा सुरुको दिन खासै जानकारीसमेत नभएकाले घटनाबारे चासो नै नदिएको पत्रकार सम्मलेनमा बताएका थिए । बोक्सीको आरोपमा किशोरीमाथि कुटपीट गर्ने विरुद्ध जाहेरी नलिने प्रहरी पनि कारवाहीमा परिसकेका छन् । अहिलेसम्म घटनामा आरोपित तीन जना पक्राउ परेका छन् । र, दुई जना विरद्ध मुद्दा नै दर्ता भएको छ।

amita-rai-vauju

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *