




उदयपुर । बर्षासंगै परेको चट्याङले उदयपुरमा सोमबार साँझ एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका–५ खाडीखोपका २२ वर्षिय भोज कुमार राई रहेका छन् । घरको दलानमा बसिरहेको अवस्थामा उनको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार राईको शबलाई पोष्टमार्टका लागि कटारी अस्पतालमा राखिएको छ ।
Facebook Comments